एनसेलले ल्यायो ‘डबल सापटी’ अफर, प्रिपेड ग्राहकले अब ४० रुपैयाँ सापटी लिन सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 07:58:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलका प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेलले सापटी सेवा सफलता पूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको जनाएको छ।

यस योजना अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपैयाँ सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। 

सापटीको यो नयाँ योजना यहि बुधबार (साउन १८) देखी लागु हुनेछ । सापटी सेवा अन्तर्गतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क २ रुपैयाँ (कर बाहेक) मा यो सेवाबाट लाभ लिन सक्नेछन् । आफ्नो मुख्य  ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई  आवश्यक सञ्चार सेवा सुनिश्चित गर्नका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ।

‘सापटी ग्राहकहरुले एकदमै मन पराएको सेवाहरु मध्य एक हो । त्यसैले यो सेवा संचालनको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि सापटी सुविधा अन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । यसले ग्राहकलाई थप मुल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

दुई महिना वा सो भन्दा बढि समय देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने सबै ग्राहकले यो सेवा अन्तर्गत सापटी लिन सक्नेछन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् ।

 प्रिपेड सेवाका ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सापटी लिन सक्नेछन् । त्यसै गरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप लिइएको ४० रुपैयाँ र सेवा शुल्क बापतको २ रुपैयाँ (कर बाहेक) ग्राहकले रिचार्ज गरेपछि मुख्य ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम ४० रुपैयाँ भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले १७१०९ डायल गरिे सापटी सेवाको बारेमा जानकारी लिन सक्नेछन् ।

डबल सापटी योजना ९० दिनको लागि मान्य रहनेछ। प्रिपेड ग्राहकले आवश्यकता अनुसार आफ्नो मेन ब्यालेन्स ५ वा सो भन्दा कम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनु पर्नेछ । ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved