बोल्न र सुन्न नसक्नेलाई टेलिकमको सहुलियत भिडियो कल सुविधा, एक वर्षमा सात हजारले लिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 07:31:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक बर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरेका छन्। टेलिकमले गत बर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको हो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको हो।

टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (करबाहेक) तोकिएकोमा २०७० माघ देखि एसएमएसको शुल्क प्रति एसएमएस २० पैसा (करबाहेक) का दरले तोकिएको टेलिकमले जनाएको छ।   

      यो सेवा लिनका लागि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। यी सबै सेवाका लागि आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरमा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved