ब्याट्रीको राजा भनेर चिनिने भिभो वाई–२९ नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2025 | 03:58:36 PM मा प्रकाशित

nepal oil ltd

विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ सार्वजनिक गरेको छ। काठमाडौंको स्काइवाक टावर, कमलादीमा आयोजित एक भव्य समारोहका बीच मिडिया प्रतिनिधि र डिजिटल इन्फ्लुएन्सरहरूको उपस्थितिमा उक्त फोन सार्वजनिक गरिएको हो।

भिभो वाई–२९ को मुख्य विशेषता यसको ६५०० एमएएच क्षमताको ब्याट्री हो, जसलाई कम्पनीले “ब्याट्रीको राजा” को रुपमा प्रस्तुत गरेको छ। यो फोनमा रहेको ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी, रिभर्स चार्जिङ सुविधा तथा ईमरजेन्सी पावर सेभिङ मोड ले न्यून ब्याट्री हुँदा पनि आवश्यक सम्पर्क राख्न सक्षम बनाउँछ। कम्पनीले यसमा ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टी प्रदान गरेको जानकारी दिएको छ।

फोनको डिजाइनमा पनि कम्पनीले नयाँपन प्रस्तुत गरेको छ। थ्रीडी कर्भड ब्याकप्लेट, मेटालिक हाई–ग्लस फ्रेम र नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध वाई–२९ मा डायनामिक लाइटसहितको क्यामेरा मोड्युल जडान गरिएको छ। शट अल्फा ग्लास प्रयोग गरिएको यो फोन डस्ट, ड्रप र स्प्ल्यास प्रूफ रहेको दाबी गरिएको छ।

प्रदर्शनको पक्षमा, फोनमा ८ं८ जीबीको विस्तारित र्याम, २५६ जीबी स्टोरेज, १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्स ब्राइटनेस, र ४००५ अडियो बुस्टसहितको डुअल स्टीरियो स्पिकर रहेका छन्।

फोटोग्राफीको लागि, वाई–२९ मा ५० एमपीको एचडी मुख्य क्यामेरा छ। साथै एआई–ईरेज, फोटो इन्ह्यान्समेन्ट, सर्कल टु सर्च, स्क्रिन ट्रान्सलेसन जस्ता स्मार्ट फिचरले दैनिक प्रयोगलाई थप सहज बनाउने कम्पनीको भनाइ छ।

भिभो वाई–२९ अहिले नेपालभरका आधिकारिक रिटेल स्टोरहरू र दराज अनलाइनमा उपलब्ध रहेको छ। यसको प्रारम्भिक मूल्य रु। २४,९९९ निर्धारण गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved