अमृत भोग बासमती चामलको भव्य शुभारम्भ, थोक खरिदकर्ताका लागि रोयल इनफिल्ड बाइक उपहार!

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2025 | 12:08:08 PM मा प्रकाशित

nepal oil ltd

त्रिवेणी समूहअन्तर्गत त्रिवेणी राइस इन्डस्ट्री प्रा.लि.ले नयाँ प्रिमियम उत्पादन ‘अमृत भोग बासमती चामल’को ग्रान्ड डिलर कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल अलफ्टमा आयोजना गरिएको कार्यक्रममा ३५० भन्दा बढी डिलरहरूको उपस्थितिमा २० केजी प्याकको अमृत भोग बासमती चामल सार्वजनिक गरिएको हो।

कार्यक्रममा अध्यक्ष बीरेन्द्र कुमार संघइ र निर्देशक साकेत संघइले संयुक्त रूपमा नयाँ चामल सार्वजनिक गरेका थिए। डेढ वर्षअघि मात्र पर्सा, वीरगञ्जमा उत्पादन सुरु गरेको कम्पनीले छोटो समयमा प्रिमियम चामल बजारमा उल्लेखनीय उपस्थिति बनाएका छन्।

निर्देशक साकेत संघइले प्रारम्भिक मूल्य रु. २,८५१ तोकिएको बताउँदै, गुणस्तरमा सम्झौता नगरी ग्राहकलाई उचित मूल्यमा चामल उपलब्ध गराउने लक्ष्य रहेको जनाए। संघइले भने, “हामी २० केजीको अमृत भोग बासमती चामललाई प्रारम्भिक मूल्य रु. २,८५१ मा ल्याउँदा अत्यन्त खुशी छौं, जुन हाल बजारमा रु. ३,२०० सम्ममा पाइन्छ । गुणस्तरमा कुनै सम्झौता नगरी ग्राहक आकर्षित गर्ने उद्देश्यले यो मूल्य निर्धारण गरिएको हो। अघिल्ला उत्पादनहरू जस्तै, यो बासमती चामलले पनि डिलर र ग्राहकहरू दुवैको मन जित्नेमा हामी विश्वस्त छौं।”

कार्यक्रमका क्रममा निर्देशक मोहित खण्डेलवालले थोक खरिदकर्ताहरूका लागि आकर्षक उपहार योजना घोषणा गरे, जसमा १५० बोरा खरिद गर्दा ५० लिटर एयर कूलर, माइक्रोवेभ ओभन, ३२ इन्च स्मार्ट टिभी, वा भ्याकुम क्लिनर प्राप्त हुनेछ भने ३०० बोरा खरिद गर्दा १९२ लिटरको फ्रिज वा भीभो ख्द्धण् लाइट मोबाइल प्राप्त हुनेछ । 

त्यसैगरी ४५० बोरा खरिद गर्दा  ८ केजी वाशिङ मेसिन,५० बोरा खरिद गर्दा  १ टनको ए.सी, १०५० बोरा खरिद गर्दा डबल डोर फ्रिज वा ६५ इन्च स्मार्ट टिभी, २१०० बोरा खरिद गर्दा रोयल इनफिल्ड हन्टर ३५० बाइक र ३१५० बोरा खरिद गर्दा रोयल इनफिल्ड क्लासिक ३५० बाइक प्राप्त गर्न सकिने छ । 

त्रिवेणी राइस इन्डस्ट्रीका निर्देशक शुभम खण्डेलवालले कम्पनी उच्च प्रविधियुक्त मेसिन प्रयोग गरेर उत्पादन गर्ने तथा चामल पूर्णरूपमा सफा र कीटाणुरहित बनाइने प्रतिबद्धता व्यक्त गरे। कम्पनीले गुणस्तरीय उत्पादनमार्फत डिलर तथा उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved