सिटिसी मलमा खुल्यो ‘इजी मोबाइल केयर’, किस्ताबन्दीमा स्मार्टफोन किन्न सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 08:49:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्धाराको सिटिसी मलको चौथो तल्लामा ‘ईजी मोबाइल केयर’ सेन्टर संचालनमा आएको छ। मोबाइल सम्वन्धी सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरी केयर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ। सो उद्घाटन अवसरमा नायक राजेश हमाललगायतको उपस्थिति थियो।

यहाँबाट मोबाइल बिक्रीका साथै सर्भिस पनि प्रदान हुने अध्यक्ष संजित पौडेलले जानकारी दिए। सेल्सका लागि अनलाइन पनि संचालन गरिएको उनले बताए।  ‘ग्राहकहरुलाई अधिकतम सुविधा दिनका लागि अनलाइन र अफलाइन दुबैमा ५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था गरेका छौँ’ उनले भने।

यसमा ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत व्याजदरमा शुल्क भुक्तानी गर्न सक्ने उनले बताए।

५० हजार भन्दा अधिक मूल्यको फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने र बाँकी रकम ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत व्याजदरमा शुल्क भुक्तानी गर्न सक्नेछन्।

साथै ५० हजार भन्दा माथि मूल्य भएको स्मार्टफोन किन्दा ग्राहकले अर्को एउटा स्मार्टफोन निशुल्क उपहारस्वरुप प्राप्त गर्नेछ गर्ने र ५ हजार देखि ५० हजार भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्रप्त गर्ने पौडेलले बताए।

यो सुविधा लिनको लागि ग्राहकहरुको तोकिएको बैंकमा खाता हुनुपर्नेछ भने सो बैंकबाट प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोबाइल किन्न सकिनेछ। नेपाल टेलिकमसँगको सहकार्यमा हरेक मोबाइलको खरिदकर्तालाई विशेष डाटा प्याक दिने योजना आफूहरुको रहेको उनले सुनाए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved