रेनोको पुरानो गाडीसँग नयाँ साट्ने अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2017 | 10:09:52 AM मा प्रकाशित

laxmi  sunrise bank


रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईलले रेनो कार प्रेमीहरुका लागि ल्याएको एक्स्पेरियन्स अभियान आइतबारदेखि भैरहवा र बिराटनगरमा सुरु हुने भएको छ।

साउन २४ गतेसम्म हुने सो एक्स्पेरियन्स अभियानमा ग्राहकले पुरानोसँग नयाँ साट्न पाउने छन्। त्यस्तै साउन २५ गतेदेखि २७ गतेसम्म दाङ र नारायणघाटमा तथा २८ गतेदेखि ३० गतेसम्म धनगढी र पोखरामा अभियान चलाइने एडभान्स अटोमोवाइलले जनाएको छ।

यसअघि साउन १७ गतेदेखि २२ गतेसम्म काठमाडौंमा रेनो एक्सपेरियन्स आयोजना गरिएको थियो। रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज सुविधा उपलव्ध रहेको कम्पनीले जनाएको छ।

अभियानले आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक क्यास डिस्काउन्टका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी जस्ता आकर्षक अफरहरु पनि उपलब्ध गराएको छ।

रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने कम्पनीको भनाइ छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved