एडभेन्चर मन पर्छ ? 'पल्सर डेयरभेन्चर'को घोषणा, बिजेताले १० लाख र पल्सर एनएस पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2017 | 02:44:26 PM मा प्रकाशित

laxmi  sunrise bank

हंसराज हुलासचंद बजाज, नेपालमा बजाजको अधिकृत विक्रेता तथा सर्वाधिक बाइक विक्री गर्नेे कम्पनीले सामसङसँगको सहकार्यमा पल्सर डेयरभेन्चरको तेस्रो सिजनको घोषणा गरेको छ । यसको ट्यागलाइन ‘‘न्यू रुट, न्यू थ्रिल्स अ कल फर फियरलेस राइडर्स’’ राखिएको छ ।

पल्सर डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटि शो हो । डेयरभेन्चर रियालिटि सो सन् २०१४ मा सुरु भएको थियो भने पल्सर डेयरभेन्चर २ को दोस्रो शो सन् २०१६ मा प्रस्तुत गरिएको थियो । र यो पटक पल्सर डेयरभेन्चरको तेस्रो सिजनका साथमा नयाँ लेभलको साहसिकता र रोमान्चकता प्रस्तुत गर्ने बेला भएको आयोजकले जनाएको छ ।

पल्सर डेयरभेन्चरको तेस्रो सिजनमा १० साहसी प्रतियोगिहरुले नयाँ पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । यस प्रतियोगितामा सामेल हुनका लागि प्रतियोगिहरुले शुरुवातमा नै विभिन्न तालिमहरु लिनुपर्ने हुन्छ । पहिलो पुरस्कार विजेताले रु. १० लाख र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले रु. ५ लाख र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउने हंसराज हुलासचंदले घोषणा गरेको छ । यसको अतिरिक्त, राइडकै क्रममा प्रतियोगिहरुले फरक फरक विधाहरुमा पनि आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् । 

यस प्रतियोगिताका पार्टनरहरु शिखर इन्स्योरेनस, सर्भो लुब्रिकेन्टस्, इसिएस मिडिया,बाइकर्स नेपाल, सर्भो, र ग्राण्डि इन्टरनेशनल हस्पिटल रहेका छन् । यसअघिका प्रतियोगिताहरुको तुलनामा, यो वर्ष प्रतियोगीहरुको दर्ता निशुल्क गरिएको छ भने कुनैपनि ब्राण्डका बाईक भएका प्रतियोगिहरुले पनि सहभागीता जनाउन सक्नेछन् । सहभागी हुन चाहनेहरुले नजिकैको बजाजको शोरुमहरुमा गएर, आधिकारिक सवारी चालक अनुमतिपत्र, नागरिकता, र दुई प्रति फोटोका साथमा दर्ता गर्न सक्नेछन् ।

प्रतियोगितामा सहभागी हरेक बाइकर्सले पल्सर डेयरभेन्चर ३ को अन्तिम १० मा छनौट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्च्यूड टेस्ट पास गर्नुपर्नेछ भने अन्तिम १० प्रतिस्पर्धीहरुका लागि ग्रुमिङ सेशन पास गर्नु पर्नेछ ।

प्रतियोगीताका दौरान प्रतिस्पर्धिहरु काठमाडौँबाट शुरु भएर घाँसीकुवा, बेशिशहर, बाहुनडाँडा, हुँदै खाङ्गसार, मनाङ्ग पुग्नुपर्ने छ ।

नयाँ सिजनको बारेमा बोल्दै एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “पल्सर डेयरभेन्चर पहिलो र दोस्रो सिजनको सफल अनुभव हामीसँग रहेको छ । बाइक चालकहरुको लागि पहिलो सिजनमा अपर मुस्ताङ्ग र दोस्रो सिजनमा ताक्सिण्डो, सोलुखुम्बुसम्मको यात्रा निकै रोमान्चकपूर्ण रहेको थियो । हामीले विगतका अनुभवबाट धेरै कुराहरु सिकेर, नेपाली ग्राहकहरुका लागि पल्सर डेयरभेन्चर तेस्रो संस्करण प्रस्तुत गर्न सकेकोमा हामी निकै हर्षित छौँ । पल्सर डेयरभेन्चर तेस्रो संस्करणमा बाइक चालकहरुले कहिले नदेखेका र नभोगेका नेपालका बिभिन्न भौगोलिक रोमाञ्चकताको आनन्दपूर्ण अनुभव बटुल्न पाउने छन् । हामीले पल्सर राइडरहरु जहिले पनि उत्साह र साहसिक कार्यसँग जोडिएको महशुस गरेका छौं । यो नयाँ सिजनले युवाहरुलाई कल्पना भन्दा बाहिरको धेरै अनुभव प्रदान गर्नेछ । यो नयाँ इभेन््टको लागि तयार हुने समय हो र पल्सर डेयरभेन्चरको विजेता बन्नको लागी अझ धेरै साहसको आवश्यकता, चुनौतीहरुको सामना र कठिनाईलाई चिर्नका लागि एकै ठाउँमा उभिनुपर्ने छ ।’’

प्रतियोगितामा भाग लिन प्रतियोगिहरुले पल्सरको फेसबुक पेज वा नजिकको बजाज शोरुममा गएर आफ्नो नाम दर्ता गराउन सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved