राजधानीको थापाथलीमा खुल्यो टाटाको सबैभन्दा ठूलो शोरुम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 05:17:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४००० वर्ग फिट क्षेत्रमा फैलिएको उक्त शोरुम नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल शोरुमको रुपमा स्थापित भएको जनाइएको छ।

उद्घाटन समारोहमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले काठमाडौंको केन्द्रबिन्दुमा अवस्थित यस शोरुममा रहेका जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेञ्जका गाडीहरु ग्राहकवर्गहरुलाई उचित मूल्यमा उपलब्ध गराउने बताएका छन् ।

त्यस्तै सो अवसरमा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, “यस नयाँ शोरुम मार्फत हामीले हाम्रो सेवा ग्राहकवर्गहरु बीच फैल्याउन पाएकोमा हामी निकै उत्साहित छौं । यस नयाँ शोरुमको उद्घाटनसँगै हामीले हाम्रा ग्राहकवर्गहरुलाई सहज, सरल र सुलभ सेवा र अनुभव प्रदान गर्न सफल हुनेछौं ।”

यस नयाँ शोरुम हप्ताको ७ दिन, बिहान ९ बजे देखि रातीको ९ बजेसम्म खुल्ला रहेने जनाईएको छ । जहाँ टाटा मोटर्सको प्यासेन्जर भेकल्स्का सम्पूर्ण रेञ्जहरु उपलब्ध हुनेछन् । कम्पनीको यस थप नयाँ शोरुम सहित अब देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरु रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved