वर्ल्डलिंकको खोल्यो नयाँ बानेश्वरमा नयाँ शाखा, १५ वटा शाखा थप गर्ने योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 04:50:45 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ। इन्टरनेट सेवा छिटो र छरितो बनाउन विभिन्न स्थानमा शाखा स्थापना गर्ने उदेश्य अन्तर्गत नयाँ बानेश्वोरमा शाखा संचालनमा ल्याइएको वर्ल्डलिंकले जनाएको छ। 

'ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्राहकबर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप नयाँ बानेश्वरमा शाखा संचालनमा ल्याईएको हो' कम्पनीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरुले वल्र्डलिङकसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्नेछन। त्यस्तै विभिन्न स्थानमा शाखा विस्तार पश्चात् इन्टरनेट सेवा चाहने जो कोहिले पनि सजिलै वल्र्डलिङकको सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने कम्पनीको बिश्वास छ। 

साथै १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो योजना भदौ १ देखि ७ सम्म उपलब्ध हुनेछ।

हाल वर्ल्डलिंकले राजधानी भित्र ६ वटा र काठमाडौं बाहिर २१ वटा गरी २७ वटा शाखा कार्यालय मार्फत ग्राहकहरुलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। वर्ल्डलिंकसंग निकट भविष्यमा नै राजधानी भित्र १५ वटा शाखा थप गर्ने लक्ष्य रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved