गाडीहरुको कुम्भ मेला 'नाडा अटो शो' भदौ १३ देखि, प्रवेश टिकटमा मोटरसाइकल 'उपहार'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 06:56:56 PM मा प्रकाशित

laxmi  sunrise bank

गाडीहरुको कुम्भ मेलाको रुपमा परिचत नाडा अटो शो २०१७ को १२ औँ संस्करण भदौ १३ देखि १८ गते सम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी कक्षमा हुने भएको छ ।  

नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१७ को शिर्ष प्रायोजक सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्स रहेको छ । 

प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तिय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहनेछ जसमा नेपालमै उत्पादित  सामग्रीहरू समेत रहने छन् ।

यस वर्षको मेलामा साना ठूला गरि लगभग १३० वटा स्टलहरू रहने छन जसमा ९० वटा संस्थाहरूको सहभागिता रहने छ। प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १९ वटा ब्राण्डका २–पाङग्रे तथा ६ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू समेत रहने छन् । 

प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमई अटोमोटिभद्वारा प्रायोजित UM Renegade Commando 230 cc मोटर साइकल समेत रहेको छ । ६ दिन सम्म चल्ने यस वर्षको नाडा अटो शो २०१७ मा लगभग ५०००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका साथ प्रदर्शनीलाई अझ भव्य र प्रभावकारी बनाउन आयोजकले मह जोडीलाई समेत ब्राण्ड एम्बसडर बनाएको छ।नाडा अटोशो २०१७ बाट हुने आम्दानीबाट पांच लाख रुपैयाँ बाढी र पहिरोआट पिडितहरुलाई राहत प्रदान गरिने जनाइएको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved