टिभिएस टु ह्विलरको आधिकारिक डिलरमा जी मोटर्स नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 09:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

जी मोटर्स जगदम्बा मोटर्सको टिभिएस टु ह्विलरको लागि आधिकारिक डिलरको रुपमा नियुक्त भएको छ। जी मोटर्सले रविभवनमा शोरुम संचालन गर्ने तयारी गरेको संचालक कैलाश बाबु गेलालले जानकारी दिए। 

यो शोरुमबाट टिभिएसका सम्पुर्ण मोटरसाईकल तथा स्कुटरको बिक्री वितरण गरिने र पछि सर्भिस तथा स्पेयर पार्टसको कार्य समेत हुने गेलालले बताए।

सिप्रदी ट्रेडिङमा ९ बर्ष काम गरेका गेलाल सन २००९ बाट जुनियर सेल्स अफिसर भई काम थालेका उनले २०१२ मा नानो कारको सेल्स इन्चार्जको रुपमा समेत काम गरे। विगत ४ वर्षदेखि कार सेग्मेन्टको प्रोडक्ट म्यानेजर हैसियतका रुपमा उनी कार्यरत छन्। 

टु ह्विलर तथा फोर ह्विलर कम्पनीले पनि आफूसँग जोडिने मौका दिएता पनि टिभिएसको गुणस्तर, सेवा, सस्तो मर्मत, नेपालको बाटो सुहाउँदो, माइलेज दिने, आदि कारणले यसमा आबद्ध भएको उनले बताए।

टिभिएस ग्रोइङ मोडल भएको कारणले आफूले यो प्रोडक्टलाई छुट्टै उचाइमा लान सक्ने बिश्वास व्यक्त गर्दै गेलाल भन्छन, ‘कुनै कम्पनीमा जागिरेको हैसियतमा समेत राम्रो छाप पार्न सकेँ भने आफ्नो संस्थाको लागि त झनै धेरै गर्न सक्छु भन्ने जोस भएरै यो शो–रुम संचालन गर्न लागेको हुँ।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved