चाडवाडमा वेस्टर्न युनियनको सम्बन्धको उत्सव, दैनिक ५०० सम्मको रिचार्ज, हरेक हप्ता सामसुङ जे ७ प्रो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 10:16:08 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वमा भुक्तानी सेवाहरुको अग्रणी कम्पनी वेस्टर्न युनियनले आफ्नो एक संस्थागत परोपकार संस्था, वेस्टर्न युनियन फाउण्डेशन र नेपालका वेस्टर्न युनियन एजेन्टहरुले दशैं तिहारको अवसरमा ‘सम्बन्धको उत्सव’नारा सहित आफ्नो दसैं, तिहार योजनाको शुरुवात गरेको छ । 

यो योजनाले विदेशमा रहेर दशै मनाउन नपाउने नेपाली दादुभाईहरुलाई नजिक ल्याउनका साथै वेस्टर्न युनियनले आफ्नो सेवा मार्फत ग्राहकहरुलाई आफ्नो आफन्तसँग नजिक भएको अनुभुति गराउनको लागि गरिएको जनाएको छ । यसै योजना अन्तर्गत ग्राहकहरुले लक्कि ड्र मार्फत रिजार्ज कार्डदेखि सामसुङ मोबाइल सेट जित्न सक्नेछन् । योजनाको नारा अनुसार दशैं तिहार र छठमा आफन्तसँग रमाइलो कुराकानी गर्ने वातावरण सिर्जना गर्नकालागि अफर ल्याइएको हो ।

वेस्टर्न युनियन मनि ट्रान्सफरले हरेक दिन रु ५० देखि ५०० सम्मको रिचार्ज कार्ड र हरेक हप्ता सामसङ जे ७ प्रो दिनेछ । यो अफरबाट ग्राहकहरुले आफन्त र साथीभाईसँग खुलेर कुरा गर्न सक्नेछन् । यो योजना यहि सेप्टेम्बर ३ २०१७ देखि २८ सेप्टेम्बर, २०१७ (१८ भदौ, २०७४ देखि ११ कात्तिक, २०७४) सम्म लागु हुनेछ ।

सबै आफन्त र साथीभाई एकै ठाउँमा नहुन सक्छ । आफन्त र साथीभाईहरु विदेश बस्ने र कामगर्ने हुन्छन् । चाडपर्वको अवसरमा आफन्तलाई नजक र खुसिको अनुभुति प्रधान गर्ने यो योजनाको प्रमुख उदेश्य रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved