पुष्पलाल राजमार्गको ३ सय किलोमिटर खण्ड कालोपत्रे सक्ने सरकारको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 06:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी वर्ष निर्माणाधिन मध्यपहाडी पुष्पलाल राजमार्ग र हुलाकी राजमार्गको ५५० किलोमिटर सडक कालोपत्रे सक्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष भित्र सरकारले मध्यपहाडी पुष्पलाल राजमार्गको ३ सय किलोमिटर र हुलाकी राजमार्गको २५० किलोमिटर सडक कालोपत्रे सक्ने लक्ष्य लिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काली गण्डकी करिडोरको ९० किलोमिटर सडक पनि पक्की बनाईने घोषणा गरेकी छिन् । यस्तै कोशी र कर्णाली करिडोरको ट्र्याक खोल्ने काम सक्ने पनि सरकारको लक्ष्य छ । नागढुंगा–नौविसे खण्डको १ किलोमिटर खण्डमा सुरुङ निर्माणको काम पनि आगामी आर्थिक वर्षभित्रै सकिने सरकारको लक्ष्य छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved