नीति तथा कार्यक्रममा गगनको व्यंग्य, ‘चमत्कार हुने भो, मेरो सरकारलाई धन्यवाद’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 08:36:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७।०७८  नीति तथा कार्यक्रमको व्यंग्य गर्दै पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सरकारलाई धन्यवाद दिएका छन् । सरकारले सार्वजनिक गरेको कार्यक्रममा कोरोनाले नेपाललाई खासै प्रभाव नपारेको भन्ने विषय उल्लेख भएपछी थापाले व्यंग्य  गरेका हुन् । 

नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै उनले भने , ‘‘नीति तथा कार्यक्रम आउनु अगाडि डराएको थिए अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधन स्रोत प्रशस्तै रहेछ ।’’ थापाले थपे, ‘‘ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ । देश परदेशमा भएको कोही पनि अतिनु पर्ने रहेनछ । सरकारत पाएकै हो । धन्यवाद मेरो सरकार ।’’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved