पर्यटनमा २६ अर्बको बजेट सिलिङ: एयरपोर्टलाई काखी च्याप्दा पर्वतीय कार्यक्रमलाई पाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 12:07:23 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ १५ गते बजेट भाषण हुँदैछ । अर्थ मन्त्रालय अहिले यसकैको दौडधूपमा छ । मन्त्रालयहरु बजेट मागको फाइल अर्थमा पठाइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सिलिङ अर्थ मन्त्रालयमा पठाएको अर्थले सिलिङ घटाईदिएको छ । 

पर्यटन मन्त्रालयको आगामी आर्थिक वर्षका लागि ३० अर्बको बजेट सिलिङ बनाएको थियो । तर अर्थ मन्त्रालयले उक्त सिलिङ घटाइदिएको छ । अर्थले घटाउनु भनेपछि पर्यटन मन्त्रालयले ८.६ प्रतिशत घटाएर २६ अर्बको सिलिङ अर्थमा पठाइएको छ । 

यो २६ अर्बको सिलिङमध्ये २२ अर्ब रुपैयाँ हिस्सा नागरिक उड्डयन प्राधिकरणको छ । यो पर्यटन मन्त्रालयको सिलिङको ८४ प्रतिशत हो । बाँकी ४ अर्ब बजेट पर्यटन प्रवद्र्धन, पर्यटन पूर्वाधार विकास आदि शिर्षकमा खर्च गरिने मन्त्रालयले जनाएको छ । 

नयाँ कार्यक्रम सबै कटौती 

पर्यटन मन्त्रालयले पर्यटन व्यवसायीसहित सरोकारवालासँग छलफल गरी विभिन्न नयाँ कार्यक्रम तय गरेको थियो । तर अर्थ मन्त्रालयले बजेट नपुग्ने भन्दै कार्यक्रम कटौती गरिदिएको छ । 

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नयाँ जहाज खरिद गर्न माग गरेको बजेट पनि कटौती गरिएको छ । निगमले आन्तरिक उडान गर्न ४ वटा साना विमान किन्न भन्दै पर्यटन मन्त्रालयमार्फत बजेट माग गरेको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ अर्थ मन्त्रालयले नयाँ सबै कार्यक्रम कटौती गर्नु भनेकाले पुरानै कार्यक्रमका लागि बजेटको सिलिङ पठाइएको बताउँछन् । तर ‘कर्मचारीहरुका लागि पर्यटन बिदा’को कार्यक्रम भने नयाँ कार्यक्रमको रुपमा पठाईएको छ । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ३० दिनको बिदा दिई घुमफिरका लागि पठाउनुपर्ने र यसका लागि रकमको व्यवस्था गर्न सरकारलाई सुझाव दिईएको बताएका थिए । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि बिजपाटीसँगको कुराकानीमा सार्वजनिक तथा नीजि क्षेत्रका कर्मचारीलाई वर्षमा एक पटक फरक फरक समयमा पैसा दिएरै आन्तरिक गन्तव्यमा घुम्न पठाउने योजना रहेको बताएका थिए । पर्यटन मन्त्रालयले यसका लागि एक महिना बिदाको विषय बजेटमार्फत आउने बताएपनि बिहिबार मात्रै बजेटका लागि सुझाव पठाएको संसदको अर्थ समितिले आन्तरिक पर्यटन प्रबर्धन गर्न तहगत रुपमा सरकारी कर्मचारीहरुलाई अनिवार्य १० दिनको छुट्टी दिई भ्रमण गरेर फर्किएको भनि भ्याट बिल पेश गरेमा यातायातको खर्च तथा खाना बस्नको दावी गर्न दिइने व्यबस्था गर्नुपर्ने भनेको छ ।

मन्त्रालयले ३० दिन भनेको र समितिले १० दिन मात्रै भनेका कारण दिनको टुंगो भने अर्थ मन्त्रालय आफैँले तोक्ने छ ।

नागरिक उड्डयनतर्फ कहाँ कति बजेट ?

पर्यटन मन्त्रालयले उड्डयन क्षेत्रका लागि बजेट धेरै माग गरेको छ । कुल सिलिङको ८४.६१ प्रतिशत बजेट नागरिक उड्डयन प्राधिकरणका लागि माग गरेको पर्यटन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका लागि ५ अर्ब रुपैयाँ बजेट मागेको छ । आगामी आर्थिक वर्ष भित्रै नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्तरोन्नति गर्ने विषय नीति तथा कार्यक्रममै आएको हुनाले यो रकम सोही प्रयोजनमा खर्च गर्नका लागि माग गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । 

निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि १२ अर्ब र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि ५ अर्ब रुपैयाँ बजेट माग भएको छ । बहुचर्चित निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको तयारीको थाल्न २ अर्ब ३० करोड रुपैयाँ माग गरिएको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved