बजेट भाषण बिहिबार ४ बजे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 10:56:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षको बजेट बिहिबार पेश गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷० ७८ को बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत गर्ने भएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् । संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ । 

संविधान अनुसार जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved