प्रदेश र स्थानीय तहले पाउने बजेट बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:28:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश र स्थानीय तहले पाउने रकम बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहले पाउने शशर्त अनुदानको रकम बढाएको बताएका हुन् ।

मन्त्री खतिवडाले प्रदेशलाई ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब ५ करोड सामान्यीकरण अनुदान विनियोजन गरेको घोषणा गरेको हुन् । उनले सशर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको बताएका हुन्।

त्यस्तै मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले आफूले पहिचान गरी माग भई आएका ९ अर्ब ९६ करोडसम्म पुरक अनुदान दीईने बताएका हुन् । उनले स‌ंघीय सरकारको स्रोतमा स‌ंकुचन भए पनि समानीकरण र विशेष अनुदान यथावत राखेको बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved