विद्युत महशुलमा छुट दिने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:41:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लकडाउन अवधिको विद्युत महशुलमा छुट दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै छुट योजनाको घोषणा गरेका हुन् ।

जस अनुसार लकडाउन अवधिभर बन्द रहेका उद्योगले डिमान्ड शुल्क छुट पाउने छन् भने  माग कम हुने समयमा विद्युतको शुल्क ५० प्रतिशत छुट पाउने छन्

त्यस्तै १० युनिटसम्म विद्युत खपत गर्नेले लकडाउन अवधिमा विद्युत महशुल तिर्नु पर्ने छैन भने १५० युनिटसम्म खात गर्नेले महशुलमा २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved