सरकारले माध्यमिक तहभन्दा माथिल्लो तहका पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पाठ्यक्रममै पर्यटन विषय समावेश गरिने जानकारी दिएका हुन् ।
कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्न ‘राष्ट्र सेवक,संगठित र नीजि क्षेत्रका कर्मचारीलाई देश दर्शन’ अभियान थालिने उनले बताए । ‘एक प्रदेश एक पर्यटकीय गन्तव्य’ विकास गर्न हिमाली तथा पहाडी क्षेत्रमा पर्यटकीय सम्भावनाको खोजी गर्न १ अर्ब २६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।