बजेटमा वित्तीय क्षेत्र: मर्जरदेखि विद्युतीय भुक्तानीमा प्रोत्साहनसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:40:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बैंक वित्तीय सँस्थाको मर्जर नीतिलाई निरन्तरता दिने भएको छ। आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री  डा. युबराज खतिवडाले बैंक वित्तीय संस्थालाई मर्ज तथा प्राप्तिका लागि उत्प्रेरित गरिने जानकारी दिए। 

सरकारले गत बर्षको बजेटमा पनि बैंक वित्तीय संस्थाको मर्जर गर्ने बिषयलाई जोड दिएको थियो तर दुईवटा बाणिज्य बैंक एक हुनु बाहेक कुनै अरु बाणिज्य बैंक मर्जर तथा प्राप्ति भएनन्। 

त्यस्तै सरकारले बैंकहरुलाई बिदेशी लगानी ल्याउन सहज व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारले यो बर्ष राष्ट्रिय स्तरको पेमेन्ट गेटवे संचालन गर्ने लक्ष्य लिएको छ। बिद्युत, स्वास्थ्य, खानेपानी लगायतका सार्वजनिक सेवाको भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गर्ने घोषणा गरेको छ। 

त्यस्तै सरकारले आगामी बजेटमा बीमाको दायरा बिस्तार गर्ने लक्ष्य लिएको छ। दायरा विस्तार गर्ने नीति अन्तर्गत सरकारले घुम्ती बीमा कार्यक्रम चलाउने भएको छ। 

त्यस्तै विमाको दाबीलाई सहज बनाउने घोषणा गरेको छ। उद्योग व्यवसायको सिघ्र पुनउत्थानका लागि वित्तीय क्षेत्रको स्रोत परिचालन गर्ने लक्ष्य लिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved