बजेटमा उर्जा: तामाकोशी आयोजना सक्नेदेखि विद्युत प्राधिकरण टुक्र्याउनेसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:54:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले बनाईरहेको अपर तामाकोशी सहितका ४ जलविद्युत आयोजना आगामी आर्थिक वर्ष सम्पन्न हुने भएका छन् । अर्थमन्त्री डा, युवराज खतिवडाले आर्थक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै तामाकोशी, सान्जेंन, भोटेकोशी, रसुवागढी आयोजना निर्माण आगामी आर्थिक वर्षभित्र सक्ने बताएका हुन् । उनले आगामी आर्थिक वर्ष १३०० मेगावाट बिद्युत राष्ट्रय प्रसारण लाइनमा जोडिने बताए । 

त्यस्तै मन्त्री खतिवडाले प्रसारण लाइन निर्माणको लागि ३६ अर्ब २ करोड, बैकल्पिक उर्जाको ४ अर्ब, ग्रमें विद्युतीकरणको लागि ४ अर्ब बजेट बिनियोजन गरेको बताएका छन् । त्यस्तै उनले २ बर्ष भित्र उज्यालो नेपाल घोषणा गरिने घोषणा गरेका छन् 

मन्त्री खतिवडाले नेपाल विद्युत प्राधिकरणलाई टुक्र्याएर  उत्पादन, वितरण र प्रसारणको कार्य छुट्टाछुट्टै निकायबाट  गरिने बताएका छन् । उनले विद्युत उत्पादनको लागि लाईसेन्स लिई लामो समय काम सुरु नगर्नेको लाइसेन्स खारेज गरिने र विद्युत खरिद बिक्रि सम्झौता प्रतिस्पर्धात्मक तबरबाट गरिने घोषणा गरेका छन् । 

मन्त्री खतिवडाले जनताको जलविद्युत आयोजना अन्तर्गतका अपर अरुण, अरुण किमाथान्का, चैनपुर सेती, तामाकोशी ५ लगायतका आयोजना सुरु गरिने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved