अर्थमन्त्रीले पेश गरे १४ खर्ब ७४ अर्बको बजेट,आम्दानीको स्रोत के के ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 06:28:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका हुन् 

जस अनुसार सरकारले ६४.४ प्रतिशत अर्थात् ९ खर्ब ४८ अर्ब ९४ करिड चालु खर्चमा  र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड बिनियोजन गरेको छ । वित्तीय  व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ

कुल बजेट मध्ये सरकारले ८ खर्ब ८९ अर्ब राजश्व लगायतका स्रोतबाट जुटाउने लक्ष्य लिएको छ भने बाँकी अन्य स्रोतबाट जुटाउने भएको छ। राजश्व र बैदेशिक सहायताबाट पनि अपुग हुने रकम आन्तरिक तथा बाह्य ऋणबाट उठाइने भएको छ। सरकारले २ खर्ब ९९ अर्ब रुपैयाँ बैदेशिक ऋण लिने लक्ष्य लिएको छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण लिने लक्ष्य लिएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved