सरकारले आगामी आर्थिक वर्षको मूल्यवृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७७/७८ बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मूल्य वृद्धिलाई ७ प्रतिशत मै सिमित राख्ने बताएका हुन् ।
मन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकले मुल्यवृद्धि ७ प्रतिशतमा सिमित रहने गरी मौद्रिक नीति सार्वजनिक गर्न बताएका हुन् ।