‘सुनको भाउ अब तोलाको एक लाख पुग्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 09:00:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सुनको आयातमा लाग्दै आएको भन्सार एक वर्षको अवधिमा ३ पटक बढाएको छ । गत जेठ १५ गते अर्थात् आजभन्दा ठिक एक वर्षअघि चालु आर्थिक वर्षको बजेट भाषणमार्फत १० ग्राम सुन आयात गर्दा लाग्ने भन्सार शुल्क ४ हजार २ सयबाट बढाएर ५ हजार पुर्याइएको थियो । त्यसको ठिक एक महिनापछि आर्थिक वर्ष सुरु नै नभई ५ हजारबाट बढाएर भन्सार शुल्क ६ हजार ५ सय पुर्याएको सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमार्फत फेरि भन्सार शुल्क बढाएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १६ गतेबाटै लागू हुनेगरी १० ग्राम सुनको आयातमा यसअघि लाग्दै आएको भन्सार शुल्क ६ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय पुर्याएका छन् । यसको असरका कारण भोलीबाटै सुनको भाउ आकाशिने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् । 

‘भोली नै ८९ हजार पुग्छ’ उनले भने, ‘यस वर्षको सुरु देखि नै विभिन्न कारणले घट्दो क्रममा रहेको व्यापार अब फेरि घट्ने देखिएको छ । अहिलेकै अवस्था रहे अब केही दिनमै सुनको भाउ तोलाको एक लाख पुग्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved