बजेटबाट ८ लाख रोजगारी सिर्जना हुन्छ : मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 06:13:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट ८ लाख रोजगारी सिर्जना गर्ने बताएका छन् ।  शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न निकायबाट ८ लाख रोजगारी सिर्जना हुने बताएका हुन्।

उनले कुन योजनाबाट कति रोजगारी सिर्जना हुने भन्नेबारे जानकारी दिएका थिए । जस अनुसार मन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना हुने दाबी गरे । उनले त्यसमा १०० दिन नै काम दिइने बताए । 

त्यस्तै उनले साना किसान कर्जा मार्फत ४० हजार ले रोजगार पाउने, युवा युवा स्वरोजगार कोषबाट १२ हजारले रोजगार पाउने र उद्योग मन्त्रालय मार्फत १ लाख ३० हजारले रोजगारी पाउने बताए  । मन्त्री खतिवडाले वन मन्त्रालय मार्फत ३० हजारले , सहकारीको माध्यम बाट १ लाख ५० हजारले ,  प्राबिधिक र ब्यबसायिक कार्यक्रम मार्फत ५० हजार र सिपमुलक कार्यक्रमबाट ५० हजारले रोजगारी पाउने बताए । उनले बैंकहरुले सहुलियत ऋणबाट अन्य हजारौले रोजगारी पाउने दाबी गरे । 

आगामी आर्थिक बर्षको बजेटले बाणिज्य बैंकको हरेक शाखाले १० जनालाई र विकास बैंकको हरेक शाखाले ५ जनालाई अनिवार्य सहुलियत ऋण दिनु पर्ने ब्यबस्था गरेको छ । 

गरिबी निवारकणको कोषको १९ अर्ब निष्कृय बसेकोले त्यो परिचालन गरेर १ लाख ५० हजार नागरिकलाई रोजगार सिर्जना गरिने उनले बताए । उनले रोजगारी सिर्जना गर्नु अहिलेको बजेटको पहिलो दायित्व भएकोले जीवन सुरक्षा गर्दै श्रमलाई काममा जोड्ने र जनसांख्यिक लाभको मुलुकले फाइदा लिनसक्ने गरी श्रमलाई परिचालन गर्ने गरी बजेट आएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved