अर्थ मन्त्री डा. युवराज खतिवडाले अपेक्षा अनुरुपको नतिजा नआएपछि विद्युतीय सवारीमा भन्सार बढाउनु परेको बताएका छन् । पेट्रोलियम खपत कम गर्न र बिजुली खपत बढाउँनको लागि विद्युतीय गाडी आयातलाई खुकुलो बनाईएको भएपनि त्यस अनुरुपको नतिजा नआएको मन्त्री खतिवडाले बताए ।
सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएको हो । त्यस्तै बजेटले गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मलेनमा मन्त्री खतिवडाले महँगा गाडी आयात हुन् थालेको र दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयात हुन थालेपछि कर बढाईएको उनले बताए ।
उनले भने '२ वर्षको तेल आउने रकम विद्युतीय गाडीको आयातले खाईदियो' । यहि कारण भासर दर बढाईएको उनको भनाई छ । यद्यपि उनले गाडीको क्षमता अनुसार कर बढाईएको र सस्ता मूल्यका गाडीमा कर नबढाईएको बताए । उनले यसलाई आवश्यकता अनुसार थप घट गरिने बताए ।