मन्त्री खतिवडाले रिचार्ज कार्ड र सिममा पनि बढाए कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 10:05:36 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले सिमकार्ड र रिचार्ज कार्डमा समेत कर लगाएका छन् । बिहिबार आर्थिक बर्ष २०७७/७८ को बजेट पेश गर्दै मन्त्री खतिवडाले टेलिफोन स्वामित्व शुल्क अन्तर्गत कर बढाएका हुन् । उनले आर्थिक ऐनमा यस्तो ब्यबस्था गरेका हुन् ।

जस अनुसार मोबाइल टेलिफोनको हकमा प्रत्येक सिमकार्ड र रिचार्ज शुल्कको दुई प्रतिशतका दरले टेलिफोन स्वामित्व शुल्क लाग्नेछ। दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले यो शुल्क असुल गरी प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त अवधिमा शुल्क दाखिला नगरे सम्बन्धित निकायबाट वार्षिक १५ प्रतिशत व्याजसहित रकम असुल गरिने विधयेकमा उल्लेख गरिएको छ । यससंगै हरेक रिचार्जमा २ प्रतिशत रकम करबापत काटिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved