बजेटले बढायो रक्सीको भाउ, कुन रक्सीको मूल्य कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 09:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मदिराजन्य उत्पादनमा अन्तःशुल्क बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत वियर, ह्वीस्की, वाइन र चुरोटमा अन्तःशुल्क बढाएका हुन् । 

कुन उत्पादमा कति अन्तःशुल्क ?

आजको दिनसम्म वियरमा प्रतिलिटर १६८ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको छ । तर, अब बजेटले व्यवस्था गरेअनुसार भोलीबाटै यो शुल्क बढेर प्रतिलिटर १९८ रुपैयाँ पुग्ने भएको छ । वाइनको अन्तःशुल्क पनि प्रतिलिटर १६५ रुपैयाँबाट बढेर १९८ रुपैयाँ नै पुगेको छ । 

१५ युपीको मदिराको अन्तःशुल्क लिटरमा १ हजार ५९२ रुपैयाँ पुगेको छ भने २५ युपीको मदिराको अन्तःशुल्क प्रतिलिटर १ हजार ११८ रुपैयाँ पुगेको छ । ३० युपीको मदिराको अन्तःशुल्क पनि ९२० रुपैयाँबाट १ हजार १०५ रुपैयाँ पुगेको छ । 

यी बाहेक अन्य प्रकारका मदिरामा प्रतिलिटर १ हजार ३२५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा अब १ हजार ५९२ रुपैयाँ पुगेको छ । 

बजेटले अन्तःशुल्कमा गरेको वृद्धिसँगै वियर प्रति बोतल ५० रुपैयाँले महँगो हुने अनुमान गरिएको छ । अहिले पनि निकै महँगो पर्ने विदेशी रक्सीको भाउ बोतलमै ५ सय सम्मले बढ्न सक्ने अनुमान छ ।

मदिरा उद्यमी रवि केसी भन्छन्, ‘भारतमा ६ सय आईसीमा पाइने सिग्नेचर नेपालमा २१ सय पुग्यो, अब अवैध व्यापार मौलाउँछ, लुकिछिपी विदेशबाट सस्तोमा ल्याएर नेपालमा रक्सी बेच्नेहरुले राहत पाउने भए । सरकारले करोडौँ राजश्व गुमायो ।’

उनका अनुसार स्वदेशी उत्पादन रुस्लान भोड्का र ८८४८ भोड्काको भाउ लिटरमा ३ सयले बढ्ने देखिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved