बजेटबारे अनिल शाहको प्रतिक्रिया 'बजेट धेरै सकारात्मक छ, अब मौद्रिक नीति कुरौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 10:24:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बजेटले सबै विषय समेटेको र यो एकदमै विस्तृत रहेको बताएका छन् ।  हालको महामारीसँग केन्द्रित बजेट ल्याउने विकल्प नलिई बजेटले आगामी आर्थिक वर्षमा महामारीको पूर्व स्थितिमा फर्कने अनुमान लिएको उनले बताएका छन्। आगामी चुनावलाई ध्यानमा राखी बजेटमा धेरै पक्षहरू समेटिएकोले यसले जनतालाई सहयोग पुर्‍याउँने उनको विश्वास छ।

तर बजेटको सफलता यसको कार्यन्वयनमा  भर पर्ने भन्दै उनले विगतका वर्षमा झैँ अहिले पनि कार्यन्वयनको पाटोमा ध्यान दिनु पर्ने बताएका छन् । अहिलेको महामारी कति समय लम्बिन्छ भन्ने पनि बजेटको कार्यन्वयनमा भर पर्ने उनले बताएका छन् । बजेटले बिनियोजन गरेका रकम हेर्दा अर्थतन्त्र छिट्टै लयमा फर्कने  र सबै क्षेत्रबाट हुने करहरु नियमित रुपमा आउने विश्वास बजेटले लिएको उनको भनाई छ । 

बैंकिङ त्तहा वित्तीय क्षेत्रले भने अब मौद्रिक नीति कुर्नु पर्ने र मौद्रिक नीतिले नै नीतिगत ब्यबस्था गरेर यस क्षेत्रलाई डोर्याउने उनले बताए । मौद्रिक नीति नै  मार्गनिर्देशनको रुपमा रहने भएकोले मौद्रिक नीति कुर्नु पर्ने उनको भनाई छ ।  

देशको राजनीतिक अवस्था के हुने बारे सर्वोच्च अदालतले तय गर्ने भए पनि अदालतको फैसला जे आएपनि यो बजेट धेरै सकारात्मक रहेको र  देशको अर्थतन्त्रका लागि मार्गनिर्देशन दस्तावेज हुने उनको भनाई छ। अब आफ्नो क्षमताको उच्चतम प्रयोग गर्दै बजेट कार्यान्वयन गर्नेतर्फ ध्यान दिनु आव्सह्यक रहेको शाह बताउछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved