तपाईको प्रदेश र पालिकाले कति पाए बजेट ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 01:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश र स्थानीय तहले पाउने रकम बढेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहले पाउने शशर्त अनुदानको रकम बढाएको बताएका हुन् ।

मन्त्री पौडेलले प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने समानीकरण, विशेष र समपुरक अनुदानका साथै प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने संघीय आयोजना र कार्यक्रमको लागि प्रदान गरिने सशर्त अनुदानमा वृद्धि गरेको बताएका हुन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित सूत्रको आधारमा प्रदेशलाई रु. ५७ अर्ब ९५ करोड र स्थानीय तहलाई रु. ९४ अर्ब ५६ करोड समानीकरण अनुदान विनियोजन भएको छ । सशर्त अनुदान तर्फ प्रदेशलाई रु. ३५ अर्ब ८७ करोड र स्थानीय तहलाई रु.१ खर्ब ७३ अर्ब ५० करोड विनियोजन भएको छु। समपुरक अनुदान तर्फ रु. १२ अर्ब ३७ करोड र विशेष अनुदान तर्फ रु. १२ अर्ब ४६ करोड विनियोजन गरेको छु। राजस्व बाँडफाँटतर्फ प्रदेश र स्थानीय तहमा रु १ खर्ब २६ अर्ब ६९ करोड बाँडफाँट हुने सरकारको अनुमान छ।


हेर्नुस कुन प्रदेश र स्थानीय तहलाई कति बजेट ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved