दोलखा जिल्लालाई ३ अर्ब ४१ करोड बजेट, कुन पालिकालाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 02:24:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष दोलखा जिल्लाले ३ अर्ब ४१ करोड पाउने भएको छ । आगामी आर्थिक वर्ष ७८÷७९ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दोलखाको लागि ३ अर्ब ४१ करोड ८ लाख बजेट विनियोजन गरेका हुन् । 

जस मध्ये नगरपालिकाहरुलाई कुल जम्मा ८९ करोड ८१ लाख विनियोजन भएको छ भने गाउँपालिकाहरुलाई कुल जम्मा २ अर्ब ५१ करोड २७ लाख रकम विनियोजन भएको छ । 

नगरपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट भिमेश्वर नगरपालिकाले  ५४ करोड १८ लाख बजेट पाउने भएको छ भने सबैभन्दा कम जिरी नगरपालिकाले ३५ करोड ६३ लाख बजेट पाउने भएको छ  । 

त्यस्तै गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट कालिञ्चोक गाउँपालिकाले ४२ करोड ३७ लाख बजेट पाउने छ भने सबैभन्दा कम विगु गाउँपालिकाले ३२ करोड १८ लाख बजेट पाउने छ । गौरीशङ्कर गाउँपालिकाले ३६ करोड ७४ लाख, तामाकोशी गाउँपालिकाले ३७ करोड ८ लाख, वैतेश्वर गाउँपालिकाले ३२ करोड ९० लाख, मेलुुङ्ग गाउपालिकाले ३४ करोड २३ लाख ,र शैलुङ्ग गाउँपालिकाले ३५ करोड ७७ लाख बजेट पाउने छन् । 

यो रकम समानीकरण अनुदान , विशेष अनुदान र समपुरक अनुदान र शर्शत अनुदान समेतको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित सूत्रको आधारमा यो रकम बाँडफांड भएको हो । केन्द्र सरकारले सोझै संचालन गर्ने आयोजनाको लागि केन्द्र सरकारले छुट्टै बजेट पठाउने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved