बागमतीको बजेट ५७ अर्ब ७२ करोड, यस्ता छन् लोकप्रीय कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 05:47:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमतीको प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोडको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजारको बजेट आज प्रदेश सभामा पेश गरेका हुन् ।

बजेटका स्रोतमा २७ अर्ब ८२ करोड कर तथा राजस्व, १६ अर्ब ९२ करोड केन्द्र सरकारको अनुदान, ९ अर्ब १० करोड राजस्व वचत, ६ अर्ब अन्य कर र १ अर्ब ५ करोड विविधि आम्दानी देखाईएको छ ।

कुल बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार र पूँजिगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रहेको छ । वित्तीय ब्यबस्थापनतर्फ २ अर्ब बिनियोजन भएको आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले जानकारी दिए । 

यस्ता छन् लोकप्रीय कार्यक्रम 

बागमती प्रदेश सरकारले कोभिडका कारण बाबु र आमा गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । यो बाहेक अन्य कारणले बाबु आमा गुमाएका बालबालिकालाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । 

बागमती प्रदेश सरकारले प्रदेश भित्रका नागरिकलाई कोभिड विरुद्दको खोप लगाउन २ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले प्रदेश क्षेत्र पूर्वाधार कार्यक्रम खारेज गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved