यस्तो छ देउवा सरकारको आर्थिक वृद्धि र मुद्रास्फीतिको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 05:01:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ।  बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले  ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको बताएका हुन्।

उनले भनेका छन् 'प्रतिस्थापन विधेयकमार्फत सरकारले लिएका नीति तथा कार्यक्रमको कार्यान्वयन र सम्वत् २०७८ चैत्रभित्र कोभिड-१९ विरुद्धको खोप सबैलाई उपलब्ध हने भई आर्थिक क्रियाकलाप विस्तार हुने हुँदा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ।'

त्यस्तै मुद्रास्फीति दर ६.५ प्रतिशतमा सीमित हने सरकारको अनुमान छ।

ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको हो । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ। नियम निलम्बन गरेर  बजेट पारित गर्ने सरकारको तयारी छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved