फेसबुक र युट्युबबाट हुने आम्दानीमा अब कर तिर्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 05:20:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक संजालबाट हुने आम्दानीमा सरकारले अग्रिम कर कट्टा गर्ने भएको छ । प्रतिस्थापन विधयेक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक संजालबाट हुने आम्दानीमा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्ने व्यवस्था गरेका हुन् ।

जस अनुसार व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल हुने छ।

ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको हो । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।

सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ। नियम निलम्बन गरेर  बजेट पारित गर्ने सरकारको तयारी छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved