प्यान नलिएका पेशाकर्मी करको दायरमा आए यस्तो छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 01:50:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकमार्फत कलाकार र पेशाकर्मीलाई करको ब्याज तथा जरिवाना छुट दिने व्यवस्था गरिएको छ । विधेयक अनुसार स्थायी लेखा नम्बर नलिएका विभिन्‍न पेशाकर्मी आगामी फागुन मसान्तसम्म करको दायरामा आएको खण्डमा त्यसमा लाग्ने ब्याज र जरिवाना छुट पाउनेछन् ।  

स्थायी लेखा नम्बर नलिएका वा करको दायरामा नआएका प्राकृतिक व्यक्तिको हकमा यस्तो व्यवस्था गरिएको हो । जसअनुसार चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानून व्यवसायी, लेखापढी व्यवसायी, परामर्शदाता, अभिकर्ता तथा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्तिले छुट सुविधा पाउनेछन् । 

विगत तीन आर्थिक वर्षको करयोग्य आयमा लाग्ने कर २०७८ साल फागुन मसान्तभित्र बुझाएमा यस्तो छुट दाबी गर्न सकिनेछ । विगत ३ आर्थिक वर्षको आय व्यय विवरण र कर बुझाएमा सोभन्दा अघिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिन्हा हुने व्यवस्था विधेयकले गरेको छ । सरकारले आयकर ऐन तथ मूल्य अभिवृद्धि कर ऐनमा भएको व्यवस्थालाई आर्थिक ऐनमार्फत संशोधन गर्दै छुट तथा सुविधा दिने गर्दछ । 

विधेयकमा छुट सुविधा दिने उल्लेख गरिएका अन्य पेशा, व्यवसायको तुलनामा कलाकारिता क्षेत्रमा अनौपचारिक कारोबार धेरै हुने गरेको छ । केही कलाकर्मी स्वतःस्फुर्त रुपमा करको दायरामा आए तापनि अधिकांशले स्थायी लेखा नम्बर लिएका छैनन् । स्थायी लेखा नम्बर लिनेहरुमध्ये पनि यथार्थ आय घोषणा गरी कर तिर्नेको संख्या अत्यन्तै कम छ । कलाकारहरुले करयोग्य आयको घोषणा गर्ने क्रम सुरु भए तापनि कला क्षेत्रलाई करको दायरामा ल्याउन विशेष अभियान नै चलाउनुपर्ने आवश्यकता छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved