बजेटमार्फत यी बस्तुमा बढ्न सक्छ भन्सार दर (नामसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

May 23, 2022 | 12:12:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालय बजेटको अन्तिम तयारीमा छ । धमाधम लेखनसँगै ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्ने बाहेकका कतिपय शीर्षकहरु टुंगिसकेका छन् । 

उत्पादनमुखी अर्थतन्त्रको जग बसाल्ने दाबी गरिरहेका अर्थमन्त्री जनार्दन शर्माले ‘आयातलाई निरुत्साहित’ गर्ने नीतिगत व्यवस्थाको घोषणा पनि बजेटमार्फत गर्ने संकेत गरिसकेका छन् । यो भनेको भन्सार दरमा अत्याधिक वृद्धि गरी नेपालमै उत्पादनमा ‘इन्सेन्टिभ’ दिने नै हो । इन्सेन्टिभ कुन कुन उद्योगलाई के र कति दिने भन्ने निर्क्यौल अर्थकै अधिकारी र विज्ञहरुको सल्लाहमा तय गरिने तर, भन्सारको दर बढाउने मनशायमा अर्थमन्त्री पुगिसकेका छन् । 

हाल वैदेशिक मुद्राको सञ्चिति घट्दै गएपछि अल्पकालिन रुपमा आयातमा कडाई गरिएको छ । अब दीर्घकालिन रुपमै विश्व व्यापार संगठनको सीमाभित्र रहेर भन्सार बढाईने अर्थ मन्त्रालय स्रोत बताउँछ । बजेट लेखनमा व्यस्त एक अधिक  ारीले भन्सार दर बढाईने बस्तुको सूची तयार भईसकेको तर, अहिले नै सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

कुन कुन बस्तुमा बढ्न सक्छ भन्सार महशुल ?

राजस्व परामर्श समितिले आयात घटाउँदै लैजान र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न करका दरमा हेरफेर गर्नुपर्ने सुझाव दिएको छ । अर्थ मन्त्रालय पनि भन्सार बढाउनुपर्ने निष्कर्षमा पुगेको छ ।

विश्व व्यापार संगठनमा नेपालले गरेको प्रतिवद्धता अनुसार मोटरसाइकलमा ४० प्रतिशतसम्म भन्सार लगाउन सक्ने अवस्था छ । हाल मोटरसाइकलमा ३० प्रतिशत भन्सारदर लाग्दै आएको छ । विश्व व्यापार संगठनमा गरेको प्रतिवद्धतामा अब मोटरसाइकलमा १० प्रतिशत भन्सार दर बढाउन सक्ने बाटो खुला छ ।

‘असारसम्म मोटरसाइलको आयात पूर्ण रुपमा बन्द छ, अब आयात खुलाउँदा भन्सार बढेर मात्रै खुल्छ, यसको अनाउन्स बजेटबाटै हुन्छ’ अर्थ स्रोतले भन्यो ।

सुनचाँदी आयात गर्दा लाग्ने भन्सार पनि बढ्न सक्छ । अहिले प्रति १० ग्राम सुनको आयातमा ५ हजार रुपैंयाँ भन्सार लाग्दै आएको छ । सुनको आयातमा खरिद मूल्यको २० प्रतिशतसम्म भन्सार लगाउन सक्ने व्यवस्था छ ।

अहिले प्रति १० ग्राम चाँदीको आयातमा १०७ भन्सार महशुल लाग्दै आएकोमा यसमा पनि खरिद मूल्यको २० प्रतिशतसम्म महशुल लगाउन सक्ने व्यवस्था छ ।

यसअघिः
बजेटः ६५ वर्षमै ५ हजार वृद्धभत्ता, कर्मचारीको तलब ३० प्रतिशतसम्म वृद्धि

त्यसैगरी, तयारी खाद्य बस्तुमा पनि भन्सार दर बढाउन उद्योगीहरुले माग गर्दै आएका छन् । नेपालमा उत्पादन भएका चामल, दाल लगायतका खाद्य बस्तुहरु भन्दा विदेशबाट ल्याईने यस्ता खाद्य पदार्थहरु सस्तो हुँदा आयातित खाद्यान्नसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उद्योगीहरुको गुनासो छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले दाल र चामल जस्ता तयारी खाद्यान्नमा हाल लाग्दै आएको भन्सार बढाउने लगभग पक्का छ । धान, चामल र मकैमा हाल प्रतिकिलो ९ रुपैयाँ भन्सार लाग्दै आएको छ । धान, चाम र मकैमा ६० प्रतिशतसम्म भन्सार लगाउन सकिने भएपनि कतिपय उद्योगका लागि यी बस्तुहरु कच्चा पदार्थको रुपमा प्रयोग हुने भएकाले केही मात्रै दर बढाउन सकिने गरी छलफल भईरहेको छ ।

पाम तेल, सुर्यमुखीको तेल र भटमासको तेलमा पनि अधिकतम सीमाभित्र रहेर ३५ प्रतिशतसम्म महसुल लगाउन सक्ने बुझिएको छ । यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघले पनि विशेष चासो दिएको छ ।

यो पनिः
कस्तो आउँदैछ बजेट ? यसो भन्छन् योजना आयोगका उपाध्यक्ष डा. पौडेल

त्यस्तै जिउँदा जनावर ल्याउँदा ७० प्रतिशतसम्म भन्सार लगाउन सक्ने व्यवस्था भएपनि हाल १० प्रतिशत मात्रै लाग्दै आएको छ । जीवित जनावर ल्याउँदा अझै ६० प्रतिशतसम्म भन्सार लगाउन सक्ने व्यवस्था छ । तर, सिधैँ ६० प्रतिशत बढाउने नभई १० प्रतिशतबाट बढाएर २० देखि ३० प्रतिशतसम्म पुग्न सक्ने गरी बजेटमा व्यवस्था हुँदैछ ।

यसले खसी, बोका, च्याङ्ग्रा तथा राँगा, भैसीको आयात कम हुन गई स्वदेशमै पशुपालनको विकास हुने अपेक्षा राखिएको छ ।

बच्चाहरुको डाइफर, स्यानिटरी प्याड,जुत्ता चप्पल लगायतका आत्मनिर्भर उन्मुख बस्तुहरुको आयातमा निरुत्साहित गर्न पनि भन्सार दर बढाउने तयारी अर्थले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved