सीएको संगठनमा बढ्यो चुनावी सरगर्मी, दिपक पाण्डेको प्यानल घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 03:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी फागुन १० गते हुने चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकान्टेन्ट संघ (एक्यान) को चुनावको सरगर्मी बढेको छ। आगामी दुई बर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको चुनावमा उम्मेद्वारी घोषणा सुरु भएको भईसकेको छ। 

केहिसमय अघिसम्म छलफलबाटै नयाँ कार्यसमितिको चयन हुने भनीएपनि अन्तत निर्वाचन हुने निश्चित भएको छ। बहालवाला अध्यक्ष तथा उपाध्यक्षबीच सहमति नजुट्दा निर्वाचन नै हुने अवस्था आएको हो। 

एक्यान अध्यक्षका आकांक्षीमा बहालवाला अध्यक्ष आनन्द शर्मा वाग्ले र उपाध्यक्ष दिपक पाण्डे रहेका छन। दुवैले आ आफ्नो प्यानल घोषणा गरेर निर्वाचनमा आफुलाई भोट दिन अभियाननै सुरु गरिसकेका छन। 

एक्यान अध्यक्षमा बहालवाला उपाध्यक्ष पाण्डेले घोषणा गरेको प्यानलमा उपाध्यक्षका लागि रमेश धिताल, महासचिवमा बिदुर अर्याल, कोषाध्यक्षमा सुशील घिमिरे तथा सदस्यहरुमा शेषमनी ढकाल, अनिल बन्जारा, कृष्ण रानाभाट, संजिता नेपाल, श्याम खड्का, आशिस अर्याल रहेका छन। 

एक्यानमा नेतृत्त्वमा दुई पटक बस्न पाईएपनि काम गर्नको लागि एक कार्यकाल नै काफी भएकाले अहिलेका अध्यक्षलाई इमिडेट अध्यक्ष बनेर आफुलाई सघाउनलाई प्रस्ताव गरेपनि कुरा नमिलेपछि आफुले अध्यक्षमा उम्मेदवारी दिएको दिपक पाण्डेको भनाई छ। 'नयाँ नेतृत्त्वको लागि बलियो एक्यान' नारा दिएर आफ्नो प्यानल घोषणा गरेका पाण्डेले नयाँ नेतृत्त्वले नयाँ ढंगले काम गर्छ भन्ने बिश्वासले आफुले अध्यक्ष सहित प्यानल घोषणा गरेको बताए । एक्यानीहरुको भावनाको कदर गरेर नै आफुले अध्यक्षको लागि उम्मेद्वारी दिएको पाण्डेको भनाई छ।  

एक्यान सीएहरुको हकहित र उनीहरुको क्षमता अभिबृद्धिका लागि ४० बर्षअघि २०३४ सालमा स्थापना भएको सँस्था हो। एक्यानमा हाल करिब  १६-१७०० सीए दर्ता छन। निर्वाचनसम्म करिब ५ दखि ७ सय नयाँ सदस्य थपिने अनुमान गरिएको छ।  यहि फागुन १० गते आगामी नयाँ कार्यसमितिको लागि एक्यानको चुनाव हुदैंछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved