चार्टड एकाउन्टेन्ट संघद्वारा कोरोना उपचारमा चाहिने विशेष किसिमको चस्मा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 10:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने विशेष किसिमको चस्मा खरिदका लागि आर्थिक सहयोग गरेको छ। 

कोरोना रोगको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा डाक्टरहरुको सुरक्षालाइ मध्यनजर गर्दै उक्त सहयोग गरिएको एक्यान अध्यक्ष सीए आनन्द शर्मा वाग्लेले बताए। 

कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने विशेष किसिमको चस्मा खरिदका लागि एक्यान अध्यक्ष वाग्लेले ८० हजार रुपैयाँ प्रतिष्ठानका रजिस्ट्रार डा. पारश कुमार आचार्यलाई हस्तान्तरण गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved