मौद्रिक नीतिबारे एक्यानको अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 08:06:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउण्टेट संघ कास्की शाखाले विहीबार मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैंकबाट भर्खरै मात्र जारी भएको मौद्रिक नीति माथि प्रकाश पार्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको एक्यान नेपालका उपाध्यक्ष रमेश कुमार धितालले बताए ।

कार्यक्रममा एक्यानका अध्यक्ष आनन्द शर्मा वाग्ले, आइक्यानका उपाध्यक्ष युद्धराज ओली, नेपाल राष्ट्र बैंकका निर्देशक एवं पोखरा कार्यालय प्रमुख डा. डिल्ली राम पोखरेलले विषय वस्तु माथि आफ्नो भनाई राखेका थिए। 

पोखरा फाइनान्स लिमिटेडका वित्त विभाग प्रमुख दिपक न्यौपानेले विषय वस्तुमाथि आफ्नो प्रस्तुती दिदै मौद्रिक नीति माथि प्रकाश पार्नुका साथै बैंक वित्तीय संस्थामा यसको आवश्यकता तथा कार्यान्वयनका सम्बन्धमा देखिएका चुनौतीबारे चर्चा गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved