चार्टड एकाउन्टेन्टलाई कामना सेवा विकास बैंकले बिना धितो ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 05:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) का सदस्यहरुलाई कामना सेवा विकास बैंकले प्रोफेशनल कर्जा दिने भएको छ । एक्यान र बैंकबीच सम्झौता भएसँगै एक्यानका सदस्यहरुलाई कामना सेवाले बिना धितो प्रोफेशनल कर्जा प्रवाह गर्ने भएको छ । 

समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ वटै शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाख सम्मको प्रोफेशनल कर्र्जा प्रदान गरिनेछ । एक्यानका उपाध्यक्ष रमेश धितालले अब संघका सदस्यले बिना धितो कर्जा पाउने भएकाले लेखा व्यवसाय थप व्यवस्थित बन्ने दाबी गरे । एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको उपाध्यक्ष धितालले जानकारी दिए । 

समझदारी पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एक्यानका तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved