
नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था (एक्यान) ले बैंकहरुमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापाले जोखिममा आधारित लेखापरीक्षणको सबलता र आजको समयमा यसको अपरिहार्यता एवं जोखिममा आधारित लेखापरीक्षण माथि नियमाकिय दृष्टिकोण, अबको बैकिङ्गको प्रारुपको वारेमा समेत आफ्नो धारण राखेका थिए।
संघका उपाध्यक्ष सीए रमेश धितालले कार्यक्रमको आवश्यकता र औचित्यता माथि प्रष्ट पार्नुको साथै आजको सन्दर्भमा जोखिममा आधारित लेखापरीक्षण किन आवश्यकता छ भन्ने विषयमा समेत आफ्नो धारणा व्यक्त गरेका । कार्यक्रम उद्घाटन सत्रमा हालै निधन भएका संघका सस्थापक सदस्य सिए स्वयम्भु कृष्ण कंसाकार लाइ समबेदना दिदै एक्यानले वहा को योगदान सम्झने बताए ।
मर्जर इन्डिया एलएलपीका पार्टनर चन्द्र शेखरले योजनागत आधारमा गरिने आन्तरिक लेखापरीक्षणमा देखिएका समस्या तथा चुनौती, जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको आवश्यक तयारी, यसको आशातित नतिजा लगायतका विषयमा आफ्नो विस्तृत कार्यपत्र प्रस्तुत गर्दै यसको अपरिहार्यतको विषयमा धारणा राखे।
यस्तै, ग्लोबल आइएमई बैंकका आन्तरिक लेखापरीक्षक पुण्य प्रसाई, नेपाल बैंक लिमिटेडका आन्तरिक लेखापरीक्षण विभाग प्रमुख शिव राम मिश्र, नबिल बैंक लिमिटेडका आन्तरिक लेखापरीक्षण विभाग प्रमुख दिपक श्रेष्ठले आजको समयमा बैकिङ्ग क्षेत्रमा जोखिममा आधारित आन्तरिक लेखापरीक्षणको आवश्यकताको विषयमा र हालको तयारीको बारे मा आफ्नो धारणा तथा विचार राखे।
स्टान्डर्ड चार्टर्ड बैंकका आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्री प्रसाद भण्डारीले सञ्चालन गरेको कार्यक्रममा एक्यानका कार्यकारिणी सदस्य सन्जिता नेपालले धन्यवाद मन्तव्य राखेकी थिईन। यसप्रकारको कार्यक्रमले सदस्यहरुको वृत्ति विकासमा सहयोग पु¥याउने र आगामी दिनमा समेत यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गर्ने उपाध्यक्ष धितालले बताए।