नेपाल चार्टड एकाउन्टेन्टस सँस्थाका १० समिति गठन, कसको अध्यक्षतामा कुन समिति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 09:51:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टड एकाउन्टेन्टस सँस्था (आइक्यान) का महत्त्वपूर्ण समितिहरुको गठन कार्य सम्पन्न भएको छ। अनुशासित कमिटि "डिसीपिलनरी कमिटि"  सहित सम्पूर्ण समितिहरुको गठन कार्य सम्पन्न भएको हो। 

रजिष्टार्ड अडिटर र चार्टड एकाउन्टेन्ट वा लेखापरीक्षणमा आबद्द जो कोहि बिरुद्द परेको उजुरी उपर कारबाही गर्नलाई स्थापना भएको 'अनुशाशित कमिटि' सहित सबै समिति गठन भएको हो। 

'अनुशाशित कमिटि' चार्टड एकाउन्टेन्ट सुजन श्रेष्ठको अध्यक्षतामा गठन भएको हो। यो कमिटिमा अध्यक्ष सहित ८ सदस्य रहने गर्दछन। जसमा काउन्सिल सदस्यको रुपमा चार्टड एकाउन्टेन्टको तर्फबाट सीए क्षेत्र गोपाल प्रधान र रजिष्टार्ड अडिटरको तर्फबाट आरए भोलानाथ पाठक चयन भएका छन् भने एक जना सरकारको तर्फबाट हुनेगर्दछ। 

त्यस्तै तीन जना सदस्यमा सीए पवन खनाल, आरए बद्री प्रसाद भट्टराई र श्री कुमार राई चयन भएका छन् भने कमिटिको सचिवमा सीए किरण कुमार खत्री चयन भएका छन्। 

आफु बिरुद्द परेका उजुरी मिलाउन वा आफ्नो अनुकुल निर्णय गराउनका लागि यस कमिटिका सदस्यहरुलाई प्रभावित पार्ने काम हुँदै आएको छ र यो प्रचलन जस्तै बन्न पुगेको छ।

त्यस्तै सीए सुजन कुमार काफ्लेको अध्यक्षतामा १४ सदस्यीय "इथिक्स कमिटि' बनेको छ भने सीए सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा १४ सदस्सीय "स्ट्याण्डर्ड इम्प्लीमेन्टेसन् रिभ्यु कमिटि" बनेको छ। यो कमिटिले एनएफआरएस कार्यन्वयन, गैरनाफा मुलक संस्थाको लेखा परिक्षण, तथा नियमन जस्ता कामहरु गर्न गराउने काम गर्दछ। 

त्यस्तै सीए प्रविन कुमार झाको अध्यक्षतामा १५ सदस्सीय "पब्लिक फाइनान्स एण्ड एनपीएसएसएस कमिटि" गठन भएको छ। यो कमिटिले सार्वजनिक बित्त कम्पनीसँग सम्बन्धित लेखाहरुको नियमन गर्ने काम गर्दछ। 

त्यस्तै सीए सन्तोष काफ्लेको अध्यक्षतामा १४ सदस्सीय "इन्फर्मेसन टेक्नोलोजी कमिटि" बनेको छ भने सी पियुस आनन्दको अध्यक्षतामा १४ सदस्सीय मनिटरिङ एण्ड फ़ाइनान्सिएल रिपोर्टिंग रिभ्यु कमिटि" गठन भएको छ। त्यस्तै सीए सुजन श्रेस्थलको अध्यक्षतामा अडिट कमिटि, सीए राम चन्द्र खनालको अध्यक्षतामा मेम्बर इन इन्डस्ट्रि कमिटि, आरए पोश राज नेपालको अध्यक्षतामा आरए मेम्बर क्यापासिटी डेभलपमेन्ट कमिटि, आरए मिरा श्रेष्ठको अध्यक्षतामा "वुमन लिडरसिप कमिटि", र सीए छेत्र गोपाल प्रधानको अध्यक्षतामा "फिस्कल, ट्याक्ससेसन एण्ड रिसर्च कमिटि" गठन भएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved