अडिटर्स एसोसिएसनको अध्यक्षमा पौडेल, ८१ सदस्यीय केन्द्रीय नेतृत्व चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 08:51:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैठौं राष्ट्रिय महाधिवेशनले केदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । नेपाल अडिटर्स एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशन काठमाडौंको एभरेष्ट होटलमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा  महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष युद्धराज ओली अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहनराज रेग्मीलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनीधि र २०० पर्यवेक्षकहरूको सहभागिता थियो ।

अडानको बन्द सत्रले संस्थाको सांगठनिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र अगामी कार्ययोजना पनि पारित गर्नका  साथै यस छैठौं महाधिवेशनले १९ बुँदे घोषणापत्र जारी गरेको छ । महाधिवेशनले आगामी ३ बर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको गरेको छ ।

नेपाल अडिटर्स एसोसिएसनका प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले दिएको जानकारीअनुसार  बरिष्ठ उपाध्यक्षमा  बद्रीप्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा अब्दुल करिम खाँ,   तृतीय उपाध्यक्षमा  झलकमणि लम्साल, प्रदेश उपाध्यक्षहरुमा  पोषराज नेपाल  प्रदेश नं। १  प्रदीपकुमार यादब,  उपाध्यक्ष मधेश, रामजीप्रसाद अधिकारी बाग्मती, भोलानाथ पाठक उपत्यका, बिलबहादुर भुजेल गण्डकी, रमेश के।सी।  लुम्बनी,  बहादुरसिंह बिष्ट  सुदूरपश्चिम र बलराम रेग्मी  कर्णाली  रहेका छन् ।  महिला  उपाध्यक्ष मीरा श्रेष्ठ र महासचिव   प्रेमबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ।


त्यसैगरी उप महासचिवहरूमा  भरतकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद ढुंगाना, गणेश गिरी,  हरिबहादुर कार्की, जयाकुमारी झा, साबित्री शर्मा र तिलकबहादुर अधिकारी चयन भएका छन् ।  सचिवहरुमा रामगोपाल महर्जन ९उपत्यका०, मायाबादे श्रेष्ठ ९बाग्मती०, कामोद झा ९मधेश०, शिवराज बराल ९गण्डकी०,  चन्द्रभक्त श्रेष्ठ ९उपत्यका० पदमराज शर्मा उपाध्याय ९सुदूरपश्चिम०, नेत्रप्रसाद ज्ञवाली ९लुम्बनी०, गोकर्णप्रसाद आचार्य  ९लुम्बिनी० जयधर्म पोखरेल  ९प्रदेश नं। १०  निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा बलराम चौधरी   र सह कोषाध्यक्ष  सुनिल आचार्य  रहेका छन् ।  

उपत्यका  सदस्यहरुमा सूर्यनारायण झा, हिरारत्न बज्राचार्य, आत्माराम चापागाई,  कुमारप्रसाद खतिवडा,  पुष्कर भुर्तेल, भूपेन्द्रकृष्ण श्रेष्ठ र  पोषकलाल श्रेष्ठ  रहनु भएको  छ भने   प्रदेश नंं १ बाट रत्नप्रसाद निरौला, केशव प्रसाद गडतौला र शान्तीराम खनाल चयन भएका छन् ।

 निर्वाचित हुने सदस्यमा मधेश प्रदेशबाट मेघराज पौडेल, चन्द्रमोहन अधिकारी, शिशिरचन्द्र गौतम डा‍‍। सन्तोषकुमार शाह, उमेश मिश्र र हेमनारायण लाल देव, बाग्मतीबाट पुष्पराज लोहनी, प्रकाश ढकाल, देवीप्रसाद डल्लाकोटी गण्डकीबाट गोबिन्द पहाडी, रुद्रनाथ पौडेल, बिष्णुप्रसाद खनाल,  लुम्बिनीबाट नारायणप्रसाद घिमिरे, चन्द्रकान्त भट्टराई, दिपकप्रसाद रेग्मी, कर्णालीबाट रामबहादुर शाही,  मदनराज ओझा, रबिन्द्रनारायण श्रेष्ठ  चयन भएका छन् ।

जनजाती सदस्यहरुमा उकुलाल महर्जन, बिनोदकुमार चंखु,   महिलामा अमिरालक्ष्मी तुलाधर, योगमाया धमला, अनिताकुमारी श्रेष्ठ,अनिता सिलवाल, निर्मला श्रेष्ठ  र मायाकुमारी शर्मा चयन भएका छन् ।  दलित सदस्यमा प्रेमकुमार बिश्वकर्मा  रहेका छन् ।

त्यसैगरी  खुल्ला सदस्यहरुमा मधुसुदन भट्टराई,  लक्ष्मीप्रसाद पण्डित, बसन्त पौडेल, प्रेमकुमार बराल, बालकृष्ण दाहाल,  लिला भट्टराई, मोहम्मद जुबेर राई, मित्रप्रसाद शर्मा, लक्ष्मी सापकोटा, गोबिन्द खतिवडा र भोलानाथ शर्मा  रहेका छन् ।

छैठौं राष्ट्रिय महाधिबेशनले जारी गरेको घोषण पत्र  

१। देशमा हाल बृद्धि हुँदै गइरहेको बजेट घाटा, कोरोना महामारीबाट प्रभावित सबै क्षेत्र र अर्थतन्त्रमा देखापरेका समस्याहरुलाई सुझवुझपुर्ण समन्वयबाट समाधान गर्न नेपाल सरकार समक्ष यो महाधिबेशन जोडदार माग गर्दछ

२।संसारकै महाशक्ति राष्ट्र मध्येको एक राष्ट्र रसिया र छिमेकी राष्ट्र युक्रेन बीचको युद्धले विश्वको पछिल्लो राजनीतिलाई तरङ्गित तुल्याएको छ । दुवै देशका बीचमा भएको युद्धले विश्वको अर्थव्यवस्थामा हलचल ल्याएको छ । रसिया र युक्रेन बीचको तनावसँगै कच्चा तेलमा अस्वभाविक मूल्य बृद्धि हुनाका साथै सुन चाँदी लगायतका बस्तुहरु महङ्गीएका छन् भने बिश्व शेयर बजारलाई नराम्रोसँग असर गरिरहेको छ । युद्ध अन्त्य र शान्तिका लागि यो महाधिबेशन हार्दिक अपिल गर्दछ ।

 ३।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी गरिएका लेखा मान अनुसार वित्तिय  विवरणहरु  तयार गर्ने प्रमुख दायित्व निकायहरुको नै भएको र सोहि बमोजिम बिवरण तयार गर्नका लागि लेखा व्यवसायीलाई प्रशिक्षित गरि तोकिएको लेखा मापदण्ड अनुरुप वित्तिय विवरण तयार गर्नु पर्ने र लेखापरीक्षकले सो अनुसार भए नभएको राय दिने कार्य मात्र भएकोमा लेखापरीक्षकले नै तोकिएका लेखा मान र विधि बमोजिम वित्तिय विवरण तयार गर्नु पर्ने जस्तो गरि गलत बुझाई भएकाले सो उपर सम्वन्धित सरकारी निकाय र व्यवसायीहरुलाई गम्भिर हुन यो महाधिबेशन हार्दिक अपिल गर्दछ ।

४। वित्तीय विवरण उपर राय प्रस्तुत गर्ने लेखापरीक्षकहरूलाई आयकर ऐन २०५८ ९संसोधन सहित० को दफा १२७ ले मतियार भनी गरेको ब्यवस्थालाई तत्काल हटाउन यो महाधिबेशन जोडदार रुपमा माग गर्दछ ।

५। मुलुकभरका सम्पूर्ण लेखा परीक्षकहरूलाई लेखापरीक्षणका विभिन्न मानहरू कार्यान्वयन गराउने सन्दर्भमा गम्भिर हुन र आचारसंहितालाई पालना गरी पेशालाई मर्यादित र प्रभावकारी बनाउन संगठन एवम् सदस्यहरुको व्यापक क्रियाशीलता मार्फत पेशाको छवि र गरिमा अभिवृद्धि हुने गरी आफना काम कारवाहीलाई अघि बढाउन यो महाधिबेशन हार्दिक आग्रह गर्दछ ।

६।नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट जारी सवै लेखा परीक्षण मान तथा आवश्यकता अनुसारका कानुनहरुको परिपालना संस्थाका सवै सदस्यले वरापरी रुपमा गर्नुपर्ने हुन्छ  । लेखा परीक्षण मान तथा कानुनहरुको परिपालना नगरि लेखापरीक्षण प्रतिवेदन जारी गरेमा त्यस्ता सदस्यहरुलाई कारबाही गर्ने ब्यवस्था कानूनमा गरिएको छ ।

नेपालको संबिधान २०७२ को धारा १८ ९१०  मा समानताका हकको ब्यवस्था गरिएको छ, जसमा सबै नागरिक कानूनका दृष्टिमा समान हुने छन् र कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनिएको छ तर सबै बर्ग समुदायको बलिदानी संघर्षबाट निर्माण गरिएको संविधानको भावना बिपरित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्ता वाला लेखापरीक्षकहरूलाई अधिकारबाट बन्चित गर्ने गरि विभेदकारी व्यवस्थाहरु गरिएकाले त्यस्ता व्यवस्था खारेज गरी सबै सदस्यहरुलाई समान अधिकार राज्यले प्रदान गरि योग्यता, अनुभव र क्षमताको आधारमा सबै रजिस्टर्ड अडिटरहरुलाई लेखापरीक्षण गर्ने अधिकार स्थापित गर्नका लागि विद्यमान विभेदकारी सबै ब्यवस्था  हटाउन यो महाधिबेशन जोडदार माग गर्दछ ।

७।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ३० मा दर्ता वाला लेखापरीक्षकहरूलाई लेखापरीक्षक ऐन, २०३१ वमोजिम सुविधाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भएता पनि  सो ऐन विरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानूनको सामान्य सिद्धान्त विपरित भएकोले त्यस्ता प्रावधान तत्काल खारेज गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था लगायत सम्वद्ध निकायहरुसँग  यो महाधिबेशन जोडदार माग गर्दछ ।  

८। सहकारी ऐन, २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले देशभरका अन्य कुनै पनि सहकारीहरूमा समेत लेखापरीक्षण गर्न नपाउने भनी गरेको ब्यवस्थाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने संबैधानिक र नैसर्गिक अधिकार समेत कुण्ठित भएको हुंदा र अन्य कुनै पेशामा यस्तो प्रकारको ब्यवस्था नरहेकोले सो बन्देज तत्काल खारेज गर्न यो महाधिबेशन जोडदार माग गर्दछ ।

९। नयाँ संविधान कार्यान्वयनसँगै सबै ऐन कानूनको परिमार्जन गर्नुपर्ने भएकोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन पनि परिमार्जन गरी सबैखाले विभेदहरू अन्त्य गरी लेखापरीक्षकहरूको सदस्यतामा समान हैसियत कायम गराउन र कारोबारको सीमा हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था ९आइक्यान० सँग जोडदार माग गर्दछ साथै ऐनको परिमार्जनको सन्दर्भमा आपसी छलफल र सहमतिको माध्यमबाट अघि बढ्न र खुला दिलले चाँडो भन्दा चाँडो कानून बनाई लागु गर्न यो महाधिबेशन आग्रह गर्दछ ।

१०।पेशामा रहेका योग्यता र क्षमता भएका सम्पूर्ण दर्ता वाल लेखापरीक्षकहरूलाई स्वतः वर्ग बृद्धि गर्दै क बर्गमा बर्गोन्नति गर्न सम्बद्ध पक्षहरुसँग यो महाधिवेशन जोडदार माग गर्दछ ।

११। यो एशोसिएसन आफ्नो छैठौं राष्ट्रिय महाधिबेशनको गरिमामय यस अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरी लेखापरीक्षण प्रणालीलाई राष्ट्रिय तथा  अन्तराष्ट्रिय मान्यता र प्रचलन अनुरुप विकसित गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

१२। लेखापरीक्षण गर्नकै लागी कतिपय संस्थाहरुमा सूचीकृत गर्नुपर्ने प्रावधान हालसम्म पनि कायमै रहेको पाइएकाले सोको स्थायी समाधान गर्न तथा स्थानिय, प्रादेशिक र संघीय सरकारबाट जारी हुने र भैसकेका सवै ऐन, कानून, नियमावली र निर्देशिकाबाट त्यस्तो प्रावधान हटाई स्थायी रुपमा सो को समाधान गर्न यो महाधिबेशन जोडदार माग गर्दछ ।

१३। राज्यका बिभिन्न निकायहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ विपरीत कतिपय ऐन कानून, नियमावली र निर्देशिकाहरुमा सम्बन्धित निकायको लेखापरीक्षण चार्टर्ड एकाउन्टेन्ट बाट गरिनेछ भन्ने लेखिएको पाइएको छ । उक्त विभेदकारी ब्यवस्थालाई तत्काल सँच्याई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट मान्यता प्राप्त लेखापरीक्षकबाट सम्बन्धित निकायको लेखापरीक्षण गरिनेछ भन्ने शब्दको प्रयोग गर्न सम्बद्ध पक्षहरुसँग यो महाधिबेशन जोडदार माग गर्दछ ।

१४।यस एशोसिएसन र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था वीच विगत लामो समय देखि पटक पटक भएका सम्झौताहरु र एशोसिएसनले ध्यानाकर्षण गराएको बिषयहरुमा शिघ्र कार्यान्वयनका लागि यो महाधिबेशन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष जोडदार माग गर्दछ ।

१५।नेपाल चार्टर्ड एकाउन्टे्न्स ऐन २०५३ मा भएका विद्यमान सबै विभेदको अन्त्य गरी समान हक कायम हुने ब्यवस्था गर्न तथा संघीयताको मर्म र भावना अनुसार राज्यमा सबै निकाय प्रादेशिक संरचनामा गइकेको अवस्थामा आईक्यानको प्रादेशिक परिषदको तत्काल ब्यवस्था गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग यो महाधिबेशन जोडदार माग गर्दछ ।

१६।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका हाल विद्यमान संख्याको आधारमा रजिस्टर्ड अडिटर्स सदस्यहरुको काउन्सिलमा समानुपातिक प्रतिनिधित्व हुने गरी ब्यवस्था गर्न तथा आइक्यानका जो कोही योग्य सदस्यले संस्थाको अध्यक्ष वा उपाध्यक्षको रुपमा चुनिन सक्ने ब्यवस्था गर्दै रजिष्टर्ड अडिटर्सहरुलाई नेतृत्वमा पुग्न नदिने गरी लगाईएको बन्देज हटाउन  नेपाल सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था समक्ष यो महाधिबेशन जोडदार माग गर्दछ ।

१७।लेखा व्यावसायमा आएका नविनतम् प्रविधिले लेखापरीक्षणको कार्यमा चुनौतीको साथसाथै अवसर पनि सृजना गरेको छ । लेखापरीक्षण मानहरूमा भएका प्रावधानहरूको परिपालना गरि लेखापरीक्षण कार्यलाई अझ मर्यादित र ब्यवस्थित गर्न सम्पूर्ण सदस्यहरुलाई यो महाधिबेशन जोडदार अपिल गर्दछ ।

१८।नेपाल अडिटर्स एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशनमा उपस्थित भई महाधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्न उपस्थित हुनु भएका प्रमुख अतिथि, विशेष अतिथि र अतिथि ज्युहरु देशभरीबाट पाल्नुभएका जिल्ला र प्रदेश कमिटीका सम्पुर्ण पदाधिकारीहरु, सवै प्रतिनिधि तथा पर्यवेक्षक साथिहरु, ब्यवस्थापन कमिटीका संयोजक, जिल्ला समितिका अध्यक्ष एवं पदाधिकारी ज्यूहरु, सम्पुर्ण पत्रकार ज्युहरु, जर्नल प्रकाशनमा बिज्ञापन उपलब्ध गराउनु हुने विज्ञापन दाताहरूमा, कर्मचारी साथिहरु, लगायत सहयोगी, शुभचिन्तक सबैमा यो महाधिबेशन हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved