नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 06:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारको मनोनयन पत्र दाखिला गर्ने समय आज बिहिबार साँझ ५ बजेसम्ममा अन्य कुनै उम्मेद्ववारी नपरेपछि पाण्डे निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्षमा रमेश धिताल र अरुण राउतको पनि चर्चा थियो । धिताल हाल उपाध्यक्ष छन् । यस अघिको निर्वाचनमा पाण्डे कै प्यानलबाट धितालले उपाध्यक्ष जितेका थिए । पाण्डे भने अध्यक्षमा पराजित भएका थिए । यस अघिको प्यानलमा संगै रहेकोले पाण्डे विरुद्द नैतिकताको हिसाबले नउठ्ने भन्दै धितालले पाण्डेलाई नै समर्थन गरेका हुन् । त्यस्तै राउत पनि ब्याक भएपछि पाण्डे निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार आज जेठ २६ गते मनोनयन पत्र दर्ता गर्ने, जेठ २७ गते उम्मेदवारको मनोनयन पत्र उपर उजुरी गर्ने, जेठ २८ र २९ गते उजुरीमा छानविन गर्ने, जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, जेठ २९ गते नै उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा असार ११ गते मतदान गर्ने कार्यक्रम रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved