जनउत्थानले सुत्केरी र ७० वर्ष कटेका सदस्यको कोरोना बीमा गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 12:55:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले ७० वर्ष कटेका र सुत्केरी भएका शेयर सदस्यलाई कोरोना बीमा  गरिदिने भएको छ । सदस्यहरुलाई कोरोना संक्रमणको पुष्टी भए त्यसबाट हुने समस्याबाट केही राहत पुगोस भन्ने उद्देश्यले एक लाखको बीमा गराउन लागेको संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । 

“सुत्केरी भएको ४२ दिन भित्रका र ७० वर्ष कटेका शेयर सदस्यले कोरोना बीमा गर्न तीन सय तिर्नुपर्ने र संस्थाले तीन सय बेहोर्नेछ,’’ पौडयालले भनिन् ।”

बीमाको लागि जेठ ११ गते भित्र संस्थाको कार्यालयमा नाम दर्ता गराउन सूचनामार्फत अनुरोध गरिएको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए ।

त्यस्तै संस्थाले आफना ४१ जना कर्मचारीको कोरोना बीम गराइसकेको जानकारी दिएको छ ।

१ अर्ब ७० करोड पुँजी रहेको संस्थामा १९ हजार ६ सय शेयर सदस्य रहेको जनाइएको छ । संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्यको ५ लाखको दुर्घटना बीमा समेत गरेको जनाएको छ । तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा मुख्य कार्यालय रहेको संस्थाको चार वटा सेवा केन्द्र छन् ।

भैरहवामा पहुँच सेवा केन्द्र, पटकसार सेवा केन्द्र ठुटीपिपल, मंगलापुर सेवा केन्द्र र पश्चिम अमवा सेवा केन्द्रमार्फत सहकारीले सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved