सहकारीका लागि पनि सम्पत्ति शुद्धिकरण सफ्टवेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 09:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

डेटम सिस्टम्स र इन्फोडेभलपर्सबीच सहकारी संस्थामा पनि ट्रस्टएमल सिस्टम उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । डेटमले विकास गरेको सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने यो सिस्टम सहकारीको लागि पनि उपलब्ध गराउन दूई कम्पनीहरुबीच सम्झौता भएको हो । 

सम्झौतामा डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले हस्ताक्षर गरेका हुन्। संस्थाले अत्यन्त सरलिकृत रुपमा  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सहकारी बिभागले समय समयमा दिएका निर्देशन बमोजिम  ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमामा जोखिम निर्धारण गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै ग्राहकको पेशा, स्थान, व्यवसाय को प्रकृति, बैंक बाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेतको आधारमा जोखिम निर्धारण गर्न सकिने छ। यसका साथै ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन् । यसका अलवा ट्रस्टएमल सिस्टम को प्रयोगबाट सहकारीले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टम मा सीमाकारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक मध्यमबाट पठाउन सक्नेछन् ।

कार्याक्रममा डेटमका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्थामा भएको प्रावधानको कार्यान्वयन गर्न आवश्यक पर्ने साधन, श्रोत, प्रविधि र ज्ञान सहकारी संस्थासम्म पुग्न यस समझदारी कोशेढुंगा हुने बताए।

त्यस्तै, इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले बैंकिंग सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धिकरण निवारण कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्यबाट नेपालमा छरिएर रहेका सहकारीलाई  सस्तो र सुलभ रुपमा उपलब्ध भएपछी सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय लक्ष पुरा हुन सहयोग मिल्ने आशा व्यक्त गरे।इन्फोडेभलपर्सले सहकारी संस्थाहरुमा  बैंकिङ्ग सफ्टवेयर उपलब्ध गराउँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved