सरकारले झनै कस्यो सहकारी, घटाइयो कर्जाको ब्याजमा सीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 08:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी सँस्थाहरुले ऋण लगानीमा लिन पाउने अधिकतम ब्याजदर तय गरिएको छ। सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको असोज ५ गतेको बैठकले अधिकतम ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी ऋणको ब्याज निर्धारण गरेको हो। 

ऋण र बचतको ब्याजदरको अन्तर ६ (छ) प्रतिशत भन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको छ। समितिको निर्णय २०७७ कार्तिक १५ गतेदेखि लागू हुनेछ।

अघिल्लो वर्षको श्रावण १९ गते देखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो । 

सन्दर्भ ब्याजदर निर्धारण समितिमा रहेको पदाधिकारीहरु:

सन्दर्भ ब्याजदर निर्धारण समिति

(क) रजिष्ट्रार, सहकारी विभाग                     –संयोजक

(ख) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय       –सदस्य  

(ग) उपसचिव, अर्थ मन्त्रालय                    –सदस्य 

(घ) उप–निर्देशक, नेपाल राष्ट्र बैंक            –सदस्य

(ङ) उपनिर्देशक, राष्ट्रिय सहकारी विकास बोर्ड      –सदस्य

(च) बरिष्ठ उपाध्यक्ष, राष्ट्रिय सहकारी महासंघ      –सदस्य

(छ) प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय सहकारी बैंक              –सदस्य

(ज) अध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ      –सदस्य 

(झ) अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ      –सदस्य

(ञ) उप–रजिष्ट्रार, सहकारी विभाग        –सदस्य–सचिव

सन्दर्भ ब्याजदरको सम्बन्धमा सहकारी नियमावली, २०७५मा भएका व्यवस्थाहरु:

सहकारी नियमावली, २०७५ मा भएका व्यवस्था बमोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिले सन्दर्भ ब्याजदर निर्धारण गर्दा लिनुपर्ने आधारहरुः

(क) बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घहरुको औसत ब्याजदर,

(ख) सहकारी बैङ्कहरुको औसत ब्याजदर,

(ग) बैङ्क तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम “क” वर्गको इजाजतप्राप्त बैङ्कहरुको औसत ब्याजदर,

(घ) ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैङ्कले गरेका अध्ययन प्रतिवेदनहरु,

(ङ) राष्ट्रिय सहकारी महासङ्घ, विषयगत केन्द्रीय सङ्घहरुवाट प्राप्त सुझाव,

(च) सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरु ।


सन्दर्भ ब्याजदर निर्धारण गर्दा अवलम्वन गर्नुपर्ने सिद्धान्तहरु:

(क) बचतमा भारित औसत ब्याजदर भन्दा सामान्यतया बढी,

(ख) ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी,

(ग) बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी,


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved