देशभर २९ हजार सहकारी संस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 02:16:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरुको तथ्यांक संकलन गरेको छ । विभागले गत साउन देखि कात्तिकसम्म स्थानीय तहहरुसँगको सहकार्यमा सहकारीको तथ्यांक स‌कलन गरेकाे थियो । 

चार महिना लगाएर गरिएको अध्ययन अुनसार हाल देशभर २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी, २० वटा विषयगत केन्द्रीय सहकारी संघहरु, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको पाइएको विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलले जानकारी दिए । 

उनका अनुसार यसअघि प्रकाशित विवरणमा मुलुकभरी ३४ हजार ८ सय ३७ सहकारी संघसंस्था रहेकोमा धेरै सहकारी संस्थाहरु एकीकरण भएको र केही निश्कृय रहेका कारण प्रारम्भिक सहकारीको सङ्ख्या २९ हजार ८ सय ८६ कायम गरिएको हो । 

विभागले शुन्य लागतमा देशभरका ७ वटै प्रदेश तथा ७५३ स्थानीय सरकारको सहकार्यमा सहकारीको तथ्यांक संकलन गरेको जनाईएको छ । सहकारीको संख्यामा कमी आएपनि कुल सदस्य सख्या, शेयर पुँजी, बचत सकलन, ऋण लगानी तथा रोजगारी सिर्जना लगायतमा बृद्धि भएको देखिएको छ । 

उक्त तथ्यांक मध्ये संघीय सरकार अन्तर्गत १ सय २५,  प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत सबैभन्दा २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved