नाफामा आक्रामक बन्दै सहकारी क्षेत्रको एक मात्र 'राष्ट्रिय सहकारी बैंक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 10:39:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी क्षेत्रको एक मात्र बैंक 'राष्ट्रिय सहकारी बैंक लिमिटेड' ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ ।  बैंकको गत आर्थिक बर्षको  सोहि अबधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो ।  उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७  प्रतिशतले बढी हो । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अबधिमा बैंकको खुद व्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ भने गत वर्षको सोहि अबधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाख रहेको थियो । 

बैंकको चालु आवको अर्धबार्षिक वित्तीय विवरण अनुसार  यस  अवधिमा बैंकको २ अर्व ८३ करोड शेयर पुंजी सहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । 

त्यस्तै बैंकको जगेडा कोषमा १ अर्व ३ करोड ८९ लाख रहेको छ । 

७७ जिल्लाका सबै खाले सहकारी संघ र संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार ६ सय सहकारी संघरसंस्था सदस्य रहेका छन, भने बैंकका ७ प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved