पाँच तारा सहकारीले सुरु गर्यो एटिएम सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 01:57:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले एटिएम बुथको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा कँडेलले सहकारी क्षेत्रलाई डिजिटाइजेशनमा जान केहि कानुनहरु परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जनाए । सहकारीको आफ्नै प्रविधि प्रचलनमा ल्याउन सहकारी कानुन मात्र पर्याप्त नभएको भन्दै महासंघले त्यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग पहल गरिरहेको उनले जानकारी दिए ।
सहकारीलाई डिजिटाइजेशनमा जोड्नका लागि राष्ट्र बैंक सम्बन्धी कानुन नै संशोधन गर्नुपर्ने देखिएको उनले बताए । कुनै समय सहकारीहरुलाई एटिएम सञ्चालन गर्दा खर्चिलो हुने भन्दै पछाडि हटेको स्मरण गर्दै कँडेलले अहिले ५० भन्दा बढि संस्थाले एटिएम मेशिन राखेर सदस्यलाई सेवा दिइरहेको बताए।

पूँजी, श्रम र सीपलाई एकिकृत गरेर सदस्यको आर्थिक समृद्धिमा सहकारीले भूमिका थप गर्दै लैजानुपर्ने भन्दै उनले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्व जस्ता काम गरेर सदस्यको जीवनस्तरलाई सहज बनाउन सहकारी लाग्नुपर्ने जनाए ।

काठमाण्डौ र मोफसलमा रहेका ओरेण्टल जस्ता केहि सहकारीका कारण कर्मचारीतन्त्र र नेताहरुले सहकारी भन्ने वित्तिकै नाक खुम्च्याउने गरेको तर अधिकांश सहकारीले सदस्यहरुलाई सम्पूर्ण सेवा दिएर दैनिकीलाई सहज बनाउन मद्दत गरेको उनले उल्लेख गरे । समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका रहेकाले त्यसतर्फ सहकारीहरु लाग्नुपर्नेमा कँडेलको जोड छ । सहकारीहरु एकिकरणमा नगई नहुने भन्दै पाँच ताराले वरिपरि रहेका संस्थाहरुलाई एकिकरणका लागि पहल गरी सबल संस्था निर्माण गरेर सदस्यहरुलाई अझ गुणस्तरीय थप सेवा प्रदान गर्न उनले सुझाव दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved